उदयपुरमा फौजी किराले मकै र तरकारी सखाप

उदयपुरमा फौजी किराले मकै र तरकारी सखाप
उदयपुर । फौजी किराले मकै र तरकारी सखाप पारेपछि उदयपुरका पहाडी भेगका किसानको बिचल्ली भएको छ । किराले पाक्न लागेको मकै र तरकारीको बोटसहित सखाप पारेपछि किसान चिन्तित बनेका छन् । लामो समयको खडेरीले अन्नबाली लगाउन नपाएका उदयपुरका कृषकले असार अन्तिममा आएको वर्षातपछि बल्ल बाली लगाएका थिए । कृषकले लगाएको बाली पनि यति बेला फौजी किराको मारमा परेका छन् । फौजी किराको प्रकोप बढेपछि महाभारत क्षेत्रको अन्नब...

त्रियुगा जनता बहुमुखी क्याम्पसलाई आर्थिक संकट

त्रियुगा जनता बहुमुखी क्याम्पसलाई आर्थिक संकट
उदयपुर । उदयपुर जिल्लाकै उत्कृष्ठ क्याम्पसमा कहलिएको त्रियुगा जनता बहुमुखी क्याम्पसमा प्लस टुका विद्यार्थीमा कमी आएपछि आर्थिक संकट उत्पन्न भएको छ । त्रियुगा जनता बहुमुखी क्याम्पसको ३३ औं वार्षिकोत्सवमा क्याम्पस प्रमुख रमेश चन्द्र रोकाले पेश गरेको वार्षिक प्रतिवदेनमा सञ्चित घाटा १९ लाख ११ हजार ७०९ रुपैया पुगेको छ । गत आर्थिक वर्षमा क्याम्पसको आन्तरिक स्रोतबाट ३ करोड २४ लाख ८४ हजार १३१ रुपैया र बाह...

सामुदायिक वनको १२ लाख लागतमा सभा हल निर्माण

सामुदायिक वनको १२ लाख लागतमा सभा हल निर्माण
उदयपुर । उदयपुरमा दुई सामुदायिक वन उपभोक्ता समूहको १२ लाखको रकममा सभाहल निर्माण गरिएको छ । चौदण्डीगढी नगरपालिका ५ अन्तर्गतका शिव सामुदायिक वन उपभोक्ता समूह र मैनामैनी सामुदायिक वन उपभोक्ता समितिको संयुक्त लगानीमा निर्माण भएको सभा हलको एक कार्यक्रम विच उद्घाटन भएको थियो । दुवै सामुदायिक वनले संयुक्त रुपमा ३ कट्ठा जग्गा किनेर करिव २ सयको संख्यामा अट्न सक्ने सभा हलको निर्माण गरिएको शिव सामुदायिक वन ...

गैंडा छाप सिमेन्टको विक्री शुरु, डिलरहरुमा सहजै उपलब्ध

गैंडा छाप सिमेन्टको विक्री शुरु, डिलरहरुमा सहजै उपलब्ध
उदयपुर । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको गैंडा छाप सिमेन्ट आइतबारबाट डिलरमा सहजै उपलब्ध हुन थालेको छ । उद्योगको क्लिंकर उत्पादन नहुँदा साउन १३ गतेबाट सिमेन्ट प्याकिङ्ग बन्द भएको थियो । उद्योगको क्लिंकर पोल्ने प्रारम्भिक मेसिन (सस्पेन्सन प्रि–हिटर) मा जडित हाइटेन्सन मोटर बुटवलस्थित नेपाल इन्जिनियरिङ एन्ड हाइड्रो वर्कशपबाट मर्मत पछि क्लिंकर उत्पादन गत बुधबारबाट शुरु भएपनि सिमेन्ट बजारमा ...

अवरुद्ध सिद्धिचरण राजमार्ग खुल्यो

अवरुद्ध सिद्धिचरण राजमार्ग खुल्यो
उदयपुर । सगरमाथा द्वारको रुपमा परिचित सिद्धिचरण राजमार्ग शनिबारबाट शुचारु भएको छ । बाढी पहिरोका कारण गत असार २८ गतेबाट उदयपुर सहित माथिल्लो सगरमाथा सोलुखुम्बु, ओखलढुंगा र खोटाङलाई जोडने सिद्धिचरण राजमार्ग मर्मतपछि शुचारु भएको हो । उदयपुरको कटारी–घुर्मी खण्डको कटारी नगरपालिका–११ स्थित ठाँटी भञ्ज्याङ र लप्से भिरमा पहिरोले सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरोले सडकको ४०० मिटर ट्रयाक ...

हाइटेन्सन मोटर मर्मत पछि उदयपुर सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन शुरु

हाइटेन्सन मोटर मर्मत पछि उदयपुर सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन शुरु
उदयपुर । उदयपुर सिमेन्ट उद्योगको क्लिंकर पोल्ने प्रारम्भिक मेसिन (सस्पेन्सन प्रि–हिटर) मा जडित हाइटेन्सन मोटर मर्मत पछि क्लिंकर उत्पादन बुधबारबाट शुरु भएको छ । विद्युत् भोल्टेज गडबडी हुँदा २ महिना अगाडी हाइटेन्सन मोटर जलेर क्लिंकर उत्पादन बन्द भएको थियो । उद्योगको क्लिंकर उत्पादन गर्ने हाइटेन्सन मोटर बुटवलस्थित नेपाल इन्जिनियरिङ एन्ड हाइड्रो वर्कशपबाट मर्मत गरेर ल्याएपछि क्लिंकर उत्पादन शुरु भएको...

हराउन थाले गुन्द्री र सुकुल

हराउन थाले गुन्द्री र सुकुल
उदयपुर । पहिले पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । तर, अहिले गुन्द्री र सुकुल विरलै देख्न पाईन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्टयाएर गुन्द्री र सुकुल बुन्ने चलन गाउँघरमा अझै पनि कतै–कतै छँदैछ । परालका गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईबस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो । न्याना र स्वस्थकर मानिने यस्ता गुन्द्री र सुकुलको प्...

कामै नगरी सवा दुई करोड झ्वाम

कामै नगरी सवा दुई करोड झ्वाम
सप्तरी । बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४/७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो ।यद्यपि, अझैसम्म सो वाल निर्माण हुन सकेको छैन । यता महालेखा परीक्षकको प्रतिवेदनको सो रकम निकासा भइसकेको देखाइसकेको छ । अचम्मको कुरा सो वाल निर्माणका लागि बजेट छुट्याइएको छ भन्ने सो विद्यालयका प्रधानाध्या...

त्रियुगा नदीमा डुंगा चल्न शुरु

त्रियुगा नदीमा डुंगा चल्न शुरु
उदयपुर । असारको अन्तिम सातादेखि नियमित बर्षाले त्रियुगा नदीको सहत बढेसँगै चौदण्डीगढी नगरपालिका ५ सिवाई सुन्दरपुर–बेल्हा ओहोर दोहर गर्न समस्या भएपछि नदीमा मंगलबारदेखि डुंगा चलाउन शुरु गरिएको छ । सिवाई सुन्दरपुरको व्यपारी केन्द्र बेल्टार बजारलाई जोड्ने सिवाई स्थित त्रियुगा नदीमा पुल नबन्दा स्थानीयलाई नदी तर्न समस्या भएकोपछि ढुंगा संचालनमा आएको हो । सिवाई सुन्दरपुरका स्थानीयहरुलाई नगरपालिकाको कामकाज...

उदयपुरमा ५५ प्रतिशत मात्रै रोपाइँ

उदयपुरमा ५५ प्रतिशत मात्रै रोपाइँ
उदयपुर । अहिले धान रोपाइँको समय हो । साउनको पहिलो साता बित्दा पनि समयमै पर्याप्त पानी नपरेका कारण उदयपुरमा ५५ प्रतिशत मात्रै रोपाइँ भएको छ । उदयपुरमा यसै समयमा अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत कम रोपाइँ भएको छ । असारमा झमझम झरी पर्ने बेलामा टन्टलापुर घाम लाग्ने गरेपछि आकासे पानीको भरमा खेती गर्ने उदयपुरका किसानले यस वर्ष पनि समयमा धान रोप्न पाएका छैनन् । असारको दोस्रो साता १० प्रतिशत मात्रै रोपा...