उदयपुर । उदयपुर जिल्लाकै उत्कृष्ठ क्याम्पसमा कहलिएको त्रियुगा जनता बहुमुखी क्याम्पसमा प्लस टुका विद्यार्थीमा कमी आएपछि आर्थिक संकट उत्पन्न भएको छ । त्रियुगा जनता बहुमुखी क्याम्पसको ३३ औं वार्षिकोत्सवमा क्याम्पस प्रमुख रमेश चन्द्र रोकाले पेश गरेको वार्षिक प्रतिवदेनमा सञ्चित घाटा १९ लाख ११ हजार ७०९ रुपैया पुगेको छ ।
गत आर्थिक वर्षमा क्याम्पसको आन्तरिक स्रोतबाट ३ करोड २४ लाख ८४ हजार १३१ रुपैया र बाह्य स्रोतबाट ९० लाख ३८ हजार २८२ रुपैइा गरी ४ करोड १५ लाख २२ हजार ४१३ रुपैयाको आम्दानी भएको प्रतिवेदनले देखाएको छ । जसमध्ये सञ्चालन तर्फ ३ करोड २५ लाख ७ हजार २९७ रुपैया र पुँजीगत तर्फ १ करोड ९ लाख २६ हजार ८२६ रुपैया गरी कुल ४ करोड ३४ लाख ३४ हजार १२३ रुपैया खर्च भएको प्रतिवेदनले देखिएको छ । शिक्षा ऐनले ०७५ सालबाट १० जोड २ खारेजी र प्लस टु ग्रामिण क्षेत्रका विद्यालयहरुमा खुल्न थालेपछि उदयपुरको पुरानो त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटलाई आर्थिक संकट आएको हो । गत आवमा १९ लाख ११ हजार ७०९ रुपैया सञ्चित घाटा देखिएको हो ।
सामुदायिक रुपमा सञ्चालन भएको त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटलाई ठूलो संख्यामा विद्यार्थी घटी आर्थिक संकट आउने देखिएको छ । क्याम्पसमा नयाँ नयाँ विषय प्राविधिक र व्यवसायिक कार्यक्रम लागू भएपछि केही विद्यार्थीको आकर्षण देखिएपनि क्याम्पस घाटामा संचालन भैरहेको छ । कक्षा ९ देखि १२ सम्म माध्यामिक शिक्षा निर्धारण गरेपछि समस्या आई लागेको बताए । गत शैक्षिक सत्रमा प्लस टु तर्फ ६ सय ३६, स्नातक तहमा ९ सय ८३ र स्नातकोत्तर तहमा १ सय ४८ जना गरी १ हजार ७ सय ६७ जना विद्यार्थीहरुले नाम दर्ता गराएका थिए ।
०४४ सालमा स्थापना गरिएको उदयपुरको पुरानो क्यम्पस सरकारले अझ बढी विस्तार गर्ने कार्ययोजना सहित सहयोग गर्नु पर्ने स्थिति देखिएको छ । प्रमाण पत्र तह अर्थात प्लस टु सम्बन्धी विभिन्न विषयमा पढाइने हुने गर्दछ भने स्नातक तहमा बिए, बिएस डब्लु, बिएड, आईसिटीइ, कम्प्युटर साइन्स लगायतका विषयको पढाई हुने गरेको छ । सामुदायिकस्तरबाट स्रोतसाधन जुटाई व्यवस्थिति रुपमा क्याम्पस सञ्चालन गर्ने सरकारको नीति अनुसार सञ्चालन भएको क्याम्पसमा आर्थिक संकट आउने पक्का पक्की भएको देखिएको छ ।
क्याम्पस २०६६ सालदेखि विश्वविद्यालय अनुदान आयोगको शेप कार्यक्रम, २०७३ सालबाट हेर्प कार्यक्रममा राष्ट्रिय प्रतिष्पर्धाबाट छनौट भएपछि पूर्वाधार विस्तार, शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक सुगमता, प्रविधिको समुचित प्रयोग, विद्यार्थी सेवा सुविधाका क्षेत्रमा गुणात्मक फड्को मार्दै गुणस्तर सुनिश्श्चितता तथा प्रत्यायन प्रमाण पत्रबाट २००७५ साल पौष २२ गते पुरस्कृत भएको थियो । यस क्याम्पसले नेपाल अधिराज्यमध्ये उत्कृष्ठ ३० भित्र, प्रदेश नं. १ का उत्कृष्ठ ५ भित्र र सगरमाथा अञ्चलकै १ नम्बर क्याम्पस बन्न सफल भएको छ । तर, यति हुँदा हुँदै पनि क्याम्पस आर्थिक संकटमा परेको छ । यस क्याम्पसलाई प्रादेशिक विश्व विद्यालयको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
उदयपुरमा ०४४ सालमा विभिन्न दातको सहयोग र समुदायकै पहलमा स्थापना गरिएको क्याम्पसको आर्थिक अवस्था दयनिय बन्दै गएकोको प्रति सरोकारबालाहरु एक जुट हुनु पर्ने उपस्थित वक्ताहरुले बताए । ९ विघा क्षेत्रफलमा भएको क्यम्पस परिसरमा १८ वटा भवनको ५३ वटा कोठा, भव्य पुस्तालय, कम्युटर ल्याव, चमेना गृह, खेल मैदान लगायत छ । यस्तै युजिसीको म्याचिङ ग्रान्टस अन्तर्गत ३ तल्ले २० कोठे भवन ४ करो ८४ लाख रकममा निर्माण कार्य प्रारम्भ भई रहेको छ ।

तपाईको प्रतिक्रिया