ताप्ली गाउँपालिकाको स्वास्थ्य सेवा बाहेक सम्पूर्ण सेवा बन्द
उदयपुर । नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणले छिमेकी पालिकाहरु पनि आक्रान्त हुन थालेपछि उदयपुरको ताप्ली गाउँपालिकाले स्वास्थ्य सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै अतिआवश्यक (स्वास्थ्य) सेवा बाहेक सम्पूर्ण नियमित सेवाहरु अर्को सूचना जारी नहुन्जेलसम्मको लागि बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामाले जानकारी दिए ।
...









