उदयपुर । उदयपुरकी एक कोरोना संक्रमित महिलाको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको छ । त्रियुगा नगरपालिका-३ की ५० वर्षीया महिलाको सोमबार बिहान साढे छ बजे ज्यान गएको हो ।

वैशाख २७ गते उनलाई कोरोना पोजिटिभ देखिएपछि वैशाख २८ गते विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको त्रियुगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख अवध नारायण चौधरीले जानकारी दिए । उपचारको क्रममा उनको ज्यान गएको छ । यो सँगै उदयपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ महिला र ९ पुरुष गरी १३ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया