अनुदानमा आएको अक्सिजनको सिलिण्डरमा वन मन्त्री आलेको स्टिकर

अनुदानमा आएको अक्सिजनको सिलिण्डरमा वन मन्त्री आलेको स्टिकर
काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले डोटी जिल्लामा स्वास्थ्य सामग्री वितरण गरेका थिए । वितरण गरिएको स्वास्थ्य सामग्री मध्ये चिन सरकारबाट अनुदानमा प्राप्त अक्सिजन सिलिण्डरमा मन्त्रीले आफ्नो फोटो सहित वितरण गरेको खुलाशा भएको छ । गृह जिल्लाका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर...

उदयपुरमा एकै दिन ९७ जनामा कोरोना, ४ जनाको मृत्यु

उदयपुरमा एकै दिन ९७ जनामा कोरोना, ४ जनाको मृत्यु
उदयपुर-उदयपुरमा सोमबार कोरोनाबाट ९७ जना संक्रमित भएका छन् । यो संक्रमित अहिलेसम्मकै सवैभन्दा बढी हो । सोमबार ५५ महिला ४२ पुरुष गरी ९७ जनामा कोरोना पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार आइतबार थप भएकाहरुसँगै उदयपुरमा सक्रिय कोरोना संक्रमितको संख्या ७७७ पुगेको छ । आइतबार सवै भन्दा बढी त्रियुगा नगरपालिकामा ३० महिला र ९ पुरुष गरी ३९ जनामा कोरोना संक्रमण देखिएको छ । कटारी नगरप...

उदयपुरमा आइतबार कोरोनाबाट २३ संक्रमित, कोरोनामुक्त हुनेको संख्या बढ्यो

उदयपुरमा आइतबार कोरोनाबाट २३ संक्रमित, कोरोनामुक्त हुनेको संख्या बढ्यो
उदयपुर । उदयपुरमा आइतबार १४ महिला र ९ पुरुष गरी २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार आइतबार थप भएकाहरुसँगै उदयपुरमा सक्रिय कोरोना संक्रमितको संख्या ५४२ पुगेको छ । आइतबार सवै भन्दा बढी लिम्चुङबुङ गाउँपालिकामा १० महिला र ४ पुरुष गरी १४ जनामा कोरोना संक्रमण देखिएको छ । त्रियुगा नगरपालिकामा २ महिला र ३ पुरुष गरी ५ जना, बेलका नगरपालिकामा एक महिला र २ पु...

उदयपुर ‘रेड जोन’मा, मृतकको संख्या १६ पुग्यो

उदयपुर ‘रेड जोन’मा, मृतकको संख्या १६ पुग्यो
उदयपुर । उदयपुरमा बुधबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला ‘रेड जोन’मा परेको छ । पाँच सय बढी सक्रिय कोरोना संक्रमित भएसँगै उदयपुर ‘रेड जोन’मा पर्न गएको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्क अनुसार १३ महिला र २८ पुरुष गरी ४१ जनामा कोरोना देखिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५०९ पुगेको छ । आज पनि सवैभन्दा बढी त्रियुगा नगरपालिकामा ६ महिला सहित १७ जनामा कोर...

उदयपुरमा थप ३० जनामा संक्रमित, दुई जनाको मृत्यु

उदयपुरमा थप ३० जनामा संक्रमित, दुई जनाको मृत्यु
उदयपुर । उदयपुरमा बुधबार थप ३० जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । १२ महिला र १८ जना पुरुषमा संक्रमण पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ५ सय २२ पुगेको छ । कोरोनाले थप २ जनाको मृत्यु भएसंगै जिल्लामा मृत्यु हुनेको संख्या १६ पुगेको हो । मृत्यु हुनेमा ५ महिला र ११ पुरुष रहेको छन् । त्रियुगा नगरपालिाका–११ का ४७ वर्षीया महिला र बेलका नगरपालिका–३ का ४७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएकोे...

नेपालमा झन खतरनाक कोरोना भाइरस पत्ता लाग्यो

नेपालमा झन खतरनाक कोरोना भाइरस पत्ता लाग्यो
काठमाडौं । अहिले पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ, त्यसैले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन सबैको जानकारीका लागि अपिल गर्दछौँ कोरोनाको झन खतरनाक भाइरस पत्ता लाग्यो । नेपालमा कोरोना भाइरसको अहिलेसम्मकै खतरनाक र जोखिमपूर्ण भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक वि...

उदयपुरमा मंगलबार थप २२ जनामा कोरोना, संक्रमितको संख्या ४९२ पुग्यो

उदयपुरमा मंगलबार थप २२ जनामा कोरोना, संक्रमितको संख्या ४९२ पुग्यो
उदयपुर । उदयपुरमा मंगलबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्क अनुसार ६ महिला र १६ पुरुष गरी २२ जनामा कोरोना संक्रमण देखिएको छ । आज पनि सवैभन्दा बढी त्रियुगा नगरपालिकामा २ महिला सहित १० जनामा कोरोना संक्रमण देखिएको छ । कटारी नगरपालिकामा ३ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उदयपुरगढी गाउँपालिकामा एक महिला सहित ३ जनामा संक्रमण देखिएको छ । बेलका नग...

ताप्ली गाउँपालिकाको स्वास्थ्य सेवा बाहेक सम्पूर्ण सेवा बन्द

ताप्ली गाउँपालिकाको स्वास्थ्य सेवा बाहेक सम्पूर्ण सेवा बन्द
उदयपुर । नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणले छिमेकी पालिकाहरु पनि आक्रान्त हुन थालेपछि उदयपुरको ताप्ली गाउँपालिकाले स्वास्थ्य सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । मंगलबार एक सूचना जारी गर्दै अतिआवश्यक (स्वास्थ्य) सेवा बाहेक सम्पूर्ण नियमित सेवाहरु अर्को सूचना जारी नहुन्जेलसम्मको लागि बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामाले जानकारी दिए । ...

उदयपुरका स्थानीय तहले आफैले कोरोना विरुद्धको खोप खरिद गर्ने

उदयपुरका स्थानीय तहले आफैले कोरोना विरुद्धको खोप खरिद गर्ने
उदयपुर । उदयपुरका स्थानीय तहले आफैले कोरोना विरुद्धको खोप खरिद गर्ने भएको छ । उदयपुर विकास बोर्डका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी आर्थिक वर्षको पूर्वाधार विकास तर्फको बजेट मार्फत कोरोना खोप व्यवस्थापन गर्न विनियोजन गर्ने निर्णय भएको उदयपुर विकास बोर्डका सदस्य तथा चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई...

उदयपुरमा कोरोना नियन्त्रणका लागि सेना परिचालन

उदयपुरमा कोरोना नियन्त्रणका लागि सेना परिचालन
उदयपुर । उदयपुरमा कोरोना संक्रमण नियन्त्रण गर्न र जारी निषेधाज्ञालाई थप प्रभावकारी बनाउन नेपाली सेनाको मोबाइल पेट्रोलिङ टोली परिचालन गर्ने निर्णय गरिएको छ । सोमबार बसेको डिसिसिएमसीको बैठकले उक्त निर्णय गरेको हो । निर्णयमा कोभिड–१९ नियन्त्रण, रोकथाम तथा प्रतिकार्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न सेना परिचालन गर्न लागिएको उल्लेख छ । एम्बुलेन्स, शवबहान र विरामी बोकेको सवारी साधन बाहेक अन...