उदयपुर । उदयपुरमा आइतबार १४ महिला र ९ पुरुष गरी २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार आइतबार थप भएकाहरुसँगै उदयपुरमा सक्रिय कोरोना संक्रमितको संख्या ५४२ पुगेको छ ।
आइतबार सवै भन्दा बढी लिम्चुङबुङ गाउँपालिकामा १० महिला र ४ पुरुष गरी १४ जनामा कोरोना संक्रमण देखिएको छ । त्रियुगा नगरपालिकामा २ महिला र ३ पुरुष गरी ५ जना, बेलका नगरपालिकामा एक महिला र २ पुरुष गरी ३ जना र चौदण्डीगढी नगरपालिकामा एक महिलामा संक्रमण देखिएको छ ।
आइतबार एकै पटक २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । १२ महिला र १३ पुरुष गरी २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिले सक्रिय कोरोना संक्रमितको संख्या ५४२ मा झरेको छ ।
अहिलेसम्म कोरोना संक्रमितको संख्या ६८७ पुगेको छ भने ५४२ जना संक्रिय कोरोना संक्रमितको उपचार भईरहेको छ । जिल्लाका कोरोनाबाट ६ महिला र १७ पुरुष गरी २३ जनाको मृत्यु भएको छ ।









