उदयपुर । उदयपुरमा आज (आईतबार) थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३२ महिला र ४४ पुरुष गरी ७६ जनामा संक्रमण पुष्टी भएको हो । यो सँगै जिल्लामा संक्रमितको संख्या १ हजार १ सय ८२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज सवैभन्दा बढी बेलका नगरपालिकामा संक्रमण पुष्टी भएको छ । बेलकामा १० महिला सहित २७ जना, कटारी नगरपालिकमा ११ महिलासहित २१ जना, चौदण्डीगढी नगरपालिकामा ८ महिला सहित १८ जना, त्रियुगा नगरपालिकामा ६ जना पुरुष र रौतामाई गाउँपालिकामा ३ महिला सहित ४ जनामा संक्रमण पुष्टी भएको छ ।

एक सय एक महिला सहित दुई सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या ५ सय १० महिला र ५ सय ६ पुरुष गरी नौ सय १६ जना रहेका छन् । अहिलेसम्म जिल्लामा १० महिला र २१ पुरुष गरी ३१ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया