उदयपुर । उदयपुरमा बुधबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला ‘रेड जोन’मा परेको छ । पाँच सय बढी सक्रिय कोरोना संक्रमित भएसँगै उदयपुर ‘रेड जोन’मा पर्न गएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्क अनुसार १३ महिला र २८ पुरुष गरी ४१ जनामा कोरोना देखिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५०९ पुगेको छ ।

आज पनि सवैभन्दा बढी त्रियुगा नगरपालिकामा ६ महिला सहित १७ जनामा कोरोना संक्रमण देखिएको छ । चौदण्डीगढी नगरपालिकामा ३ महिला सहित १५ जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरगढी गाउँपालिकामा एक महिला सहित ५ जनामा संक्रमण देखिएको छ । बेलका नगरपालिकामा एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । लिम्चुङबुङ गाउँपालिकामा दुई महिलामा कोरोना संक्रमण देखिएको छ ।जिल्लामा अहिलेसम्म ५६३ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाएको छ । कोरोना देखिएको मध्ये ५०९ जना सक्रिय संक्रमित अर्थात उपचाररत संख्या छन् भने ३८ जना कोरोनामुक्त भएका छन । कोरोनाबाट १६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया