उदयपुर । उदयपुरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आज (शुक्रबार) उदयपुरमा ३६ महिला र ४२ पुरुष गरी ७८ जना पुगेको छ । सवैभन्दा बढी त्रियुगा नगरपालिकामा ३१ महिला र ३९ पुरुष गरी ७० जनामा कोरोना पुष्टी भएको छ ।
यस्तै बेलका नगरपालिकामा ३ महिला र २ पुरुष गर ि५ जनामा कोरोना देखिएको छ भने बेलका नगरपालिका २ का ६५ वर्षिय पुरुषको विराट मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा विहिबार साँझ मृत्यु भएको छ ।
चौदण्डीगढी नगरपालिमामा २ महिला र उदयपुरगढी गाउँपालिकामा एक पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाएको छ ।
अहिलेसम्म कोरोनाबाट १० महिला र २१ पुरुष गरी ३१ जनाको मृत्यु भएको छ । सवैभन्दा बढी त्रियुगा नगरपालिकामा मृत्यु भएको छ । त्रियुगा नगरपालिकामा ७ महिला र १३ पुरुष गरी २० जना, चौदण्डीगढी नगरपालिकामा एक महिला र ३ पुरुष गरी ४ जना, कटारी नगरपालिकामा एक महिला र दुई पुरुष गरी ३ जना, उदयपुरगढी गाउँपालिकामा एक महिला र एक पुरुष गरी २ जना र बेलका नगरपालिकमा दुई पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ ।
अहिलेसम्म जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार एक सय दुई जना पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या ८६३ जना रहेको छ । शुक्रबार ३१ जना मात्रै कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २०८ पुगेको छ ।









