उदयपुर । उदयपुरमा मंगलबार एकै दिन एक सय ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४८ महिला र ९० पुरुष गरी एक सय ३८ जनामा कोरोनामा संक्रमण पुष्टी भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका तथ्याङ्क अनुसार मंगलबार थप भएको अहिलेसम्मकै सबैभन्दा बढी हो । जिल्लामा सवैभन्दा बढी त्रियुगा नगरपालिकामा २० महिला र २८ पुरुष गरी ४८ जनामा संक्रमण पुष्टी भएको छ ।
रौतामाई गाउँपालिकामा ११ महिला र २७ पुरुष गरी ३८ जनामा कोरोना संक्रमण भएको छ । यस्तै कटारी नगरपालिकामा ११ महिला र १४ पुरुष गरी २५ जना, लिम्चुङबुङ गाउँपालिकामा २ महिला र १० पुरुष गरी १२ जना, उदयपुरगढी गाउँपालिकामा १ महिला र ७ पुरुष गरी ८ जना र बेलका नगरपालिकामा ३ महिला र ४ पुरुष गरी ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
मंगलबारसम्म जिल्लामा कोरोना संक्रमितको संख्या नौ सय ६२ पुगेको छ । जसमा सात सय ७९ जना सक्रिय कोरोना संक्रमित रहेको छ । भने ६३ महिला र ९१ पुरुष गरी एक सय ५४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १० महिला र १९ पुरुष गरी मृतकको संख्या २९ पुगेको छ ।









