उदयपुर-उदयपुरमा सोमबार कोरोनाबाट ९७ जना संक्रमित भएका छन् । यो संक्रमित अहिलेसम्मकै सवैभन्दा बढी हो ।
सोमबार ५५ महिला ४२ पुरुष गरी ९७ जनामा कोरोना पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार आइतबार थप भएकाहरुसँगै उदयपुरमा सक्रिय कोरोना संक्रमितको संख्या ७७७ पुगेको छ ।
आइतबार सवै भन्दा बढी त्रियुगा नगरपालिकामा ३० महिला र ९ पुरुष गरी ३९ जनामा कोरोना संक्रमण देखिएको छ । कटारी नगरपालिकामा १७ महिला र १५ पुरुष गरी ३२ जना, चौदण्डीगढी नगरपालिकामा ७ महिला र १२ पुरुष गरी १९ जना र बेलका नगरपालिकामा एक महिला र ४ पुरुष गरी ४ जना, रौतामाई गाउँपालिका दुई पुरुष र उदयपुरगढी गाउँपालिकामा एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमणबाट सोमबार ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र दुई पुरुष रहेका छन् ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका ११ का ३४ वर्षिय महिला रहेका छन् । यस्तै त्रियुगा नगरपालिका वडा नं. ६ र ८ का ८०÷८० वर्षिय पुरुष रहेका छन् । त्रियुगा नगरपालिकामा मात्रै मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
यस्तै चौदण्डीगढी नगरपालिका ७ का ७१ वर्षिय वृद्धाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ महिला र १९ पुरुष गरी २७ पुगेको छ ।
अहिलेसम्म कोरोना संक्रमितको संख्या ७७७ पुगेको छ भने ६०४ जना संक्रिय कोरोना संक्रमितको उपचार भईरहेको छ । कोरोनामुक्त हुनेको संख्या ५८ महिला र ८८ पुरुष गरी १४६ पुगेको छ ।









