उदयपुर । उदयपुरमा आइतबार साँझ थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका १ का ३७ वर्षिय युवक रहेका छन् ।

उनको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाट बोक्सेमा करिव साढे सात बजे मृत्यु  भएको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अवध नारायण चौधरीले जानकारी दिए ।उनलाई बैशाख २७ गते कोरोना पोजिटिभ देखाएको थियो भने शनिबार उपचारको लागि जिल्ला अस्पताल ल्याइएका थिए ।

आज मात्रै कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।  यो सँगै उदयपुरमा कोरोना संक्रमणबाट मृतकको संख्या १२ पुगेको छ । मृत्यु हुनेमा ३ महिला र ९ पुरुष रहेका छन् । अहिलेसम्म २३ जना कोरोनामुक्त भएका छन भने ३८७ जना उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया