उदयपुर । उदयपुरमा मंगलबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्क अनुसार ६ महिला र १६ पुरुष गरी २२ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज पनि सवैभन्दा बढी त्रियुगा नगरपालिकामा २ महिला सहित १० जनामा कोरोना संक्रमण देखिएको छ । कटारी नगरपालिकामा ३ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उदयपुरगढी गाउँपालिकामा एक महिला सहित ३ जनामा संक्रमण देखिएको छ । बेलका नगरपालिकामा एक महिला र ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लामा अहिलेसम्म ४९२ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाएको छ । कोरोना देखिएको मध्ये ४५२ जना सक्रिय संक्रमित अर्थात उपचाररत संख्या छन् भने २६ जना कोरोनामुक्त भएका छन । कोरोनाबाट १४ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया