उदयपुर । उदयपुरमा आइतबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्क अनुसार २० महिला र २९ पुरुष गरी ४९ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज सवैभन्दा बढी त्रियुगा नगरपालिकामा ११ महिला र १६ पुरुष गरी २७ जनामा कोरोना संक्रमण देखिएको छ । कटारी नगरपालिकामा ४ महिला र १० पुरुषमा कोरोना संक्रमण देखिएको छ । उदयपुरगढी गाउँपालिकामा ३ महिला र २ पुरुष गरी ५ जनामा संक्रमण देखिएको छ । चौदण्डीगढी नगरपालिकामा एक महिला र एक पुरुष गरी दुई जना र रौतामाई गाउँपालिकामा एक महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लामा अहिलेसम्म ४७० जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाएको छ । कोरोना देखिएको मध्ये ४३४ जना सक्रिय संक्रमित अर्थात उपचाररत संख्या छन् भने २३ जना कोरोनामुक्त भएका छन । कोरोनाबाट १३ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया