काठमाडौं । अहिले पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ, त्यसैले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन सबैको जानकारीका लागि अपिल गर्दछौँ कोरोनाको झन खतरनाक भाइरस पत्ता लाग्यो ।
नेपालमा कोरोना भाइरसको अहिलेसम्मकै खतरनाक र जोखिमपूर्ण भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नयाँ पत्ता लागेको भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेकाले सचेत हुन आग्रह गरेको छ ।
“अहिले पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ, त्यसैले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन सबैको जानकारीका लागि अपिल गर्दछौँ”
मन्त्रालयका अनुसार गतहप्ता संकलित कोभिड-१९ संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन स्क्विन्सिङ्ग गर्दा त्यस्तो भेरियन्ट पत्ता लागेको हो ।‘गतहप्ता देशका विभिन्न भागबाट संकलित कोभिड-१९ संक्रमितहरुका ३५ वटा नमूनाको आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटा) बि.आई.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बि.आई.६१७.१ पुष्टि भएको छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ’, ‘यससँगै हालसम्म नेपालमा तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको छ ।’ यो दुवै भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’ पनि भनिन्छ ।
यो नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले सन् २०२१ मे १० मै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणासमेत गरेको मन्त्रालयले बताएको छ ।
‘अहिले पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ, त्यसैले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन सबैको जानकारीका लागि अपिल गर्दछौँ’, मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन पनि नयाँ भेरियन्ट चिन्ताको विषय भएको बताउँछन् । ‘यो भेरियन्टले भारतमा जुन गतिमा संक्रमण फैलियो र तहसनहस बनायो । नेपालमा पनि त्यसको संकेत देखिएको थियो,’ डा. पुन भन्छन्, ‘त्यो पुष्टि हुनु हाम्रा लागि चिन्ताको विषय हो ।’









