उदयपुरमा थप ५० जना कोरोना संक्रमित, संक्रमितको संख्या ३६१ पुग्यो
उदयपुर । उदयपुरमा शुक्रबार एकै पटक ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १४ महिला र ३६ पुरुष गरी ५० जनामा कोरोना संक्रमण देखिएको हो ।
शुक्रबार थपिएको संक्रमित मध्ये अहिलेसम्मको सवैभन्दा बढी हो । आज पनि त्रियुगा नगरपालिकामा सबै भन्दा बढी ५ महिला र १६ पुरुष गरी २१ जना रहेको छ भने चौदण्डीगढी नगरपालिकामा ३ महिला र ८ पुरुष गरी ११ जना संक्रमित थपिएको छ ।
...









