उदयपुर । उदयपुरमा शुक्रबार एकै पटक ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १४ महिला र ३६ पुरुष गरी ५० जनामा कोरोना संक्रमण देखिएको हो ।

शुक्रबार थपिएको संक्रमित मध्ये अहिलेसम्मको सवैभन्दा बढी हो । आज पनि त्रियुगा नगरपालिकामा सबै भन्दा बढी ५ महिला र १६ पुरुष गरी २१ जना रहेको छ भने चौदण्डीगढी नगरपालिकामा ३ महिला र ८ पुरुष गरी ११ जना संक्रमित थपिएको छ ।

यस्तै लिम्चुङबुङ गाउँपालिकामा ४ महिला र ६ पुरुष गरी १० जना थपिएको छ । बेलका नगरपालिकामा ३ महिला र ३ पुरुष गरी ६ जना थपिएको छ । भने उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिकामा एक÷एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

अहिलेसम्म त्रियुगा नगरपालिकाका ७३ महिला र १२० पुरुष गरी १९३ जना, कटारी नगरपालिकाका १४ महिला र २१ पुरुष गरी ३५ जना, बेलका नगरपालिकाका ३४ महिला र २८ पुरुष गरी ६२ जना, चौदण्डीगढी नगरपालिकाका १६ महिला र २७ पुरुष गरी ४३ जना, रौतामाई गाउँपालिकाका ३ महिला र ७ पुरुष गरी १० जना, उदयपुरगढी गाउँपालिकाका ३ महिला र ४ पुरुष गरी ७ जना र लिम्चुङबुङका ४ महिला र ७ पुरुष गरी ११ जनामा कोरोना संक्रमित भएका छन् ।

उदयपुरमा मृत्यु हुनेको संख्या ७ रहेको छ । भने निको हुनेको संख्या २ रहेको छ ।

तपाईको प्रतिक्रिया