उदयपुर । उदयपुरमा दुई वडाध्यक्ष सहित ३१ जना कोरोना संक्रमित भएका छन् । बुधबार १२ महिला सहित ३१ जना कोरोना संक्रमित भएको हो ।
संक्रमित हुनेमा त्रियुगा नगरपालिकाका २ जना वडाध्यक्ष सहित १५ जना र कटारी नगरपालिकाका १५ जना र उदयपुरगढी गाउँपालिकाका एक जना संक्रमित भएका छन् ।
उदयपुरमा १ सय १८ महिला र १ सय ६१ पुरुष गरी संक्रमितको संख्या २ सय ७९ पुगेको छ । दुई महिला र दुई पुरुष कोरोना संक्रमणमुक्त भएका छन भने ३ महिला र ४ पुरुष गरी ७ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया