उदयपुर । उदयपुरमा बुधबार थप ३० जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । १२ महिला र १८ जना पुरुषमा संक्रमण पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ५ सय २२ पुगेको छ । कोरोनाले थप २ जनाको मृत्यु भएसंगै जिल्लामा मृत्यु हुनेको संख्या १६ पुगेको हो । मृत्यु हुनेमा ५ महिला र ११ पुरुष रहेको छन् ।

त्रियुगा नगरपालिाका–११ का ४७ वर्षीया महिला र बेलका नगरपालिका–३ का ४७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । अहिले सम्म कोरोनाले त्रियुगाका ११, चौदण्डीगढीका ३, बेलकाका १ र कटारीका १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।जिल्लामा अहिलेसम्म ५२२ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाएको छ । कोरोना देखिएको मध्ये ४७६ जना सक्रिय संक्रमित अर्थात उपचाररत संख्या छन् भने ३० जना कोरोनामुक्त भएका छन । कोरोनाबाट १६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया