बाँसबोटे स्वास्थ्य चौकीद्वारा संचालित एम्बुलेन्सको भाडामा ५० प्रतिशत छुट
उदयपुर । उदयपुरको एक स्वास्थ्य चौकीद्वारा संचालित एम्बुलेन्सको भाडामा विरामीलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । उदयपुरको विकट लिम्चुङबुङ गाउँपालिका वडा नं. १ स्वास्थ्य चौकी बाँसबोटेबाट संचालित एम्बुलेन्सले प्रसुती गराउने विरामी बोक्दा विरामीको आफ्न्तलाई ५० प्रतिशत छुट दिइने व्यवस्था गरिएको छ ।
लिम्चुङबुङ गाउँपालिकाको प्रत्येक वडाका गर्भवती महिलालाई स्वास्थ्य संस्थाले सुत्केरी गराउनको ला...













