बेल्टार । कोभिड–१९ विरुद्धको खोप चौदण्डीगढीमा २ हजार ७ सय २१ जनाले लगाएका छन् । सोमबारदेखि शुरु गरिएको खोप कार्यक्रम अन्तर्गत मंगलबारसम्ममा १३ सय ९३ महिला र १३ सय २८ जना पुरुष गरी २ हजार ७ सय २१ जनाले खोप लगाएका हुन् ।
खोपका लागि नगर अस्पताल बेल्टार, स्वास्थ्य चौकीहरू चौदण्डी, सिद्धिपुर, बसाहा, सुन्दरपुर र हडिया रहेको थियो ।

उक्त खोप केन्द्रमा निकै उत्साहजनक वृद्धवृद्धाहरुको उपस्थिती रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाको लागि आएको २६ सय खोप अपुग भइ तत्काल जिल्ला स्वास्थ्य कार्यालयलाई थप माग गरि नागरिकलाई खोप लगाइएको स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए ।

केही खोप बाँकी रहेकोले बुधबार छुटफुट भएककालाई लगाइने संयोजकले बताए ।

५५ वर्षदेखि माथीका उमेर समूहका व्यक्ति र विद्यालयका शिक्षक शिक्षिका, कर्मचारी, चालक सहचालक र भिसा लागिसकेकाहरुलाई खोपको व्यवस्था गरिएको थियो ।

त्यस्तै मंगलबार उदयपुर कोभिड अस्पतालबाट १३ जना निको भएर घर गएका छन् भने ३१ जनाको एन्टिजेन्ट परीक्षण गर्दा ४ महिला र ४ पुरुषरी ८ जनामा नयाँ संक्रमण पुष्टि भएको पनि स्वास्थ्य शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया