कटारी । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने फर्मासिस्टहरू बढी मुनाफा आर्जन गर्ने लोभमा बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्दै निश्चित रकम लिएर भाडामा लाइसेन्स लगाउने र फर्मासिस्ट पढेका प्राविधकहरू अन्यन्त्र काम गर्ने गरेको भेटिएको पछि बुधबार कटारीको दुई दुई फार्मेसी सिल गरिएको छ भने दुईको कागज जफत गरिएको छ । औषधी व्यवस्था विभाग विराटनगरको टोलीले अनुगमनको क्रममा कटारी बजारमा रहेका दुई फार्मेसीमा सिल गरेको छ भने दुईको कागजपत्र जफत गरेको छ ।
देव मेडिको र पूर्ण दुर्गा मेडिकल हल सिल गरिएको छ भने बारा मेडिकल हल र साझा पोलिक्लिनिकको कागजात जफत गरिएको छ । देव मेडिकोबाट म्याद गुज्रेको भिटाजिक्स दुई बट्टा, कोडेसोफ्ट इपो ५ बट्टा र दुई बोटल सेनिटाइजर सहित पसल सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुर स्रोतले जानकारी दिए । यस्तै बारा मेडिकलमा भिटाजिक्स दुई बट्टा सहित पसलको कागज पत्र जफत गरेको छ ।

अनुगमनको क्रममा एक दर्जन बढी पसल अनुगमनको क्रममा एक पसलमा मृत्यु भएको व्यक्तिको नाममा पनि फार्मेसीको लाइसेन्स भेटिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुर स्रोतले जनाएको छ । औषधिको विक्रि वितरण गर्दा ‘फर्मासिस्ट’ (व्यवसायी) अनिवार्य रूपमा औषधी पसलमा बस्नुपर्ने व्यवस्था औषधी व्यवस्था विभागले गरेको भएपनि कमिसनको लोभमा आफ्नो लाइसेन्स भाडामा लगाएर अन्यन्त्र काम गर्ने गरेको पाइएको छ ।
औषधी ऐन २०३५ को दफा १७ को उपदफा २ ले भनेको छ, ‘औषधी चिकित्सकको प्रेशक्रिप्सन बमोजिम विक्रि–वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी आफैले गर्नु पर्नेछ र फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी बाहेक अरुले त्यस्तो औषधि बिक्रि वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायीको उपस्थिति अनिवार्य हुनेछ ।’ औषधीको विक्रीवितरण गर्दा फर्मासिस्टको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ । तर, उदयपुरको सदरमुकाम गाईघाटमा फार्मेसीको लाइसेन्स भाडामा लिएर औषधि पसलहरु छ्याप छ्याप्ती खुल्ने क्रममा रहेको छ । अनुमगन गर्ने निकायको अभावमा उदयपुरमा चोक चोकमा यस्ता विना दर्ता निजी स्वास्थ्य क्लिनिक र औषधि पसलहरु भेटिन्छ ।

विना दर्ताका निजी स्वास्थ्य क्लिनिक छयाप छयाप्ती
सरकारले तोकेको निश्चित प्रक्रिया एवं मापदण्ड बिपरित उदयपुरमा दिनप्रति दिन गैरकानुनी र अवैधरुपमा निजी क्लिनिकहरु फस्टाउँदै गएको छ । उदयपुरमा करिव डेढ दर्जन निजी स्वास्थ्य संस्था जिल्ला स्वास्थ्य कार्यालयमा दर्ता तथा नविकरण गरेको छ भने अधिकांश निजी स्वास्थ्य संस्था मापदण्ड विपरित संचालनमा आएको छ । अधिकांशको नविकरण फेल भएको छ भने कसैले अनुमतिको लागि कागजात पेश गरेको वर्षौै वितेको छ तर अनुमतिको लागि कुनै पहल नगरको जिल्ला स्वास्थ्य कार्यायल उदयपुर स्रोतले जनाएको छ ।

दर्ता भएर अनुमति प्राप्त निजी स्वास्थ्य संस्थामा पनि डाक्टर विना अनमी, अहेब, ल्याब असिस्टेण्टको भरमा संचालन भएको पाइन्छ । निजी स्वास्थ्य संस्थामा अकिांश डाक्टरहरु बस्दैनन् । प्रायः हप्तामा एक पटक आउने गर्ने गरेको छ । डाक्टर विनै एमविविएस तथा विशेषज्ञको सर्टिफिकेट भाडामा ल्याएर निजी स्वास्थ्य संस्था दर्ता गरेको पाइएको छ । दर्ता भएका निजी स्वास्थ्य संस्थामा पनि अनमी, अहेब, ल्याब असिस्टेण्टको भरमा चल्ने गरेको छ ।

यस्तै बेल्टार, रामपुर, कटारी, मुर्कुची लगायतका बजारहरुमा विना दर्ताका निजी क्लिनिकहरु र औषधि पसलहरु खुल्लेआम विक्री वितरण गर्ने गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया