गाईघाट । औषधी व्यवस्था विभागको टोलीले गरेको बजार अनुगमनलाई लिएर औषधी व्यवासायी संघका सचिले पदबाट राजिनामा दिएका छन । उदयपुरमा गरेको अनुगमनमा संघले भुमिका खेल्न नसकेको भन्दै सचिव सनम राईले सचिव पदबाट राजिनामा दिएका हुन ।
राजिनामा पत्रमा सचिव राईले कार्य व्यस्तताको कारणले राजिनामा दिएको उल्लेख गरेका भएपनि औषधी पसल अनुगमनमा संघको भूमिकालाई प्रश्न उठाई राईले राजिनामा दिएको राई निकट स्रोतले बताएको छ । हप्ता दिन अघि आएको औषधी विभागको टोलीले कटारी र गाईघाट क्षेत्रको औषधी पसल अनुगमन गरी तिन वटा पसललाई सील गरेको र केही पसलहरुको कागजपत्र साथमा लिएर गएको थियो ।
विभागको विराटनगर कार्यालयका फार्मेसी अधिकृत रहि विक्रम थापाको टोलीले औषधी पसल अनुगमन गरेको थियो ।
स्रोतका अनुसार जिल्ला औषधि व्यवसायी संघले विभागको अनुगमन टोलीलाई मिलाउन नसकेको प्रति फार्मेसी संचालकहरु असन्तुष्ट रहेका छन् । फार्मेसी संचालकहरु असन्तुष्ट देखिएपछि सचिव राईले राजीनामा दिएको स्रोतले जनाएको छ ।
सचिव राईले विभागको फार्मेसी संघको फेसबुक ग्रुपमा टोली आएर अनुगमन गरेर फार्मेसीहरुलाई अनावश्यक दुख दिएको र संघले कुनै भुमिका खेल्न नसकेको भनेर आक्रोस पोखेका थिए । फेसबुकमा सचिव राईले संघको भुमिका माथी प्रश्न चिन्ह उठाएपछि अन्य संचालकहरुले फेसबुक ग्रुपमा लेखेका कुराहरु फिर्ता लिन आग्रह गरे । अन्य संचालकको आग्रह फेसबुकको ग्रुपमा राईले लेखेको म्यासेज हटाउनु भन्ने थियो तर राईले अचानक राजिनामा पेश गरेपछि अन्य संचालक आश्चर्यमा परेका छन ।
औषधी व्यवसायी संघका अध्यक्ष उद्धव दाहालले भने सचिवको राजिनामा फेसबुकमा आएको पुष्टी गरे । ‘सचिवको राजिनामा फेसबुकमा आएको छ, अब संस्थाको बैठक बसेर राजिनामा स्वीकृत गर्ने या नगर्ने निर्णय गर्छ ।’ अध्यक्ष दाहालले भने ‘सचिव राईले संघमा केही समस्या भएर राजिनामा दिनु भएको होईन, राजिनामाको बिषय छलफल पछि टुङ्गो लगाउने छौ ।’ अध्यक्ष दाहालले सचिव राईको राजिनामा स्वीकृत नहुने संकेत गर्दै भने ‘राजिनामा दिनु ठूलो कुरा होईन, ठूलो कुरा राजिनामा स्वीकृत हुनु न नहुनुले फरक पार्छ ।’
यता सचिव राईले भने आफ्नो राजिनामा कुनैपनि हालतमा फिता नलिने बताएका छन । मैले समय दिन नसकेर राजिनामा दिएको हो, संघले अवश्य नै राजिनामा स्वीकृत गर्ने विश्वास व्यक्त गरेको छन ।
राजिनामा फेसबुकमा सार्वजनिक भएपछि औषधी व्यवसायी विचमा एक किसिमको तरङ उत्पन्न भएको छ । अधिकांश औषधी पसलले र शुभचिन्तकहरुले हतारमा निर्णय नगर्न सचिव राईलाई आग्रह गरेका छन ।
थप समाचार









