उदयपुर । उदयपुरमा जोनसेन एण्ड जोनसेन खोप मंगलबारदेखि लगाउने भएको छ । आइतबार कोभिड १९ खोप समन्वय समितिको बैठकले मंगलबार जोनसेन एण्ड जोनसेन खोप लगाउने भएको छ ।

कोभिड १९ विरुद्धको जोनसेन एण्ड जोनसेन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई लगाईने भएको छ । यस्तै अति अशक्त (क र ख वर्ग) समूह एवम् यस अघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थमा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई लगाईने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपर भाइजर तथा सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिए ।
सर्वसाधारणले खोप लिन जाँदा ५० देखि ५४ वर्ष उमेर खुल्ने कागजात अनिवार्य रुपमा लिएर जानुपर्ने छ । स्वास्थ्यकर्मीको हकमा नेपाल स्वास्थ्य व्यवसायी परिषदले जारी गरेको प्रमाणको आधारमा खोप लगाइने छ भने पूर्ण र अति अशक्त अपाङ्ग (क र ख समूह) को हकमा पनि परिचय पत्र लागू हुनेछ ।

उदयपुरमा १७ हजार ३ सय ४० जनाले जोनसेन एण्ड जोनसेन खोप लगाउन पाउने छन् । खोप केन्द्र विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन हुने छ ।

खोप सवैभन्दा बढी त्रियुगा नगरपालिकामा ५ हजार २०२ जनाले लगाउन पाउने छन् । कटारी नगरपालिकामा ३ हजार ५७० जनाले लगाउन पाउनेछन् ।

यस्तै चौदण्डीगढी नगरपालिकामा ३ हजार ६० जना, बेलका नगरपालिकामा २ हजार ७५४ जनाले लगाउन पाउनेछन् ।

यस्तै उदयपुरगढी र रौतामाई गाउँपालिकामा ८६७/८६७ जनाले लगाउने छन भने ताप्ली र लिम्चुङबुङ गाउँपालिकाका ५१०/५१० जनाले लगाउन पाउनेछन् ।

खोप त्रियुगा नगरपालिका र माताहातका स्वास्थ्य चौकीहरु, चौदण्डीगढी नगरपालिका र माताहातका स्वास्थ्य चौकीहरु र उदयपुरगढी र माताहतका स्वास्थ्य चौकीहरुमा मंगलबार र बुधबार खोप लगाइनेछ ।

यस्तै रौतामाई गाउँपालिका र माताहतका स्वास्थ्य चौकीहरु र लिम्चुङबुङ गाउँपालिका र माताहतका स्वास्थ्य चौकीहरु विहिबार र शुक्रबार खोप संचालन गरिने छ ।

यस्तै कटारी नगरपालिका र ताप्ली गाउँपालिकामा भेरोसेल खोप श्रावण २० र २१ गते लगाईन्छ भने श्रावण २४ र २५ गते जोनसेन एण्ड जोनसेन खोप लगाउने तालिका रहेको सूचना अधिकारी निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया