उदयपुरको ताप्ली गाउँपालिकामा तामा खानी फेला
उदयपुर, उदयपुरको पश्चिम पहाडी गाउँपालिका ताप्लीमा तामा खानी भएको प्रारम्भिक तथ्य फेला परेको छ । गाउँपालिकाको वडा नं. ३ को इनामे र ५ को रुपाटारसँग जोडिएको खानीडाँडामा तामाखानी खानी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
इनामे र रुपाटारबीचको भूभागमा तामा खानी भएको कुरा ४०–५० वर्षअघि परम्परागत प्रविधिबाट तामा प्रशोधन गरी माना, पाथीजस्ता नापतौलका सामग्री बनाएर पुष्टि भईसकेको गाउँलेको भनाई छ । स्थानी...













