उदयपुर , उदयपुरको चौदण्डीगढी नगरपालिका २ को भवन बनाउन काँचो सालको रुख काट्न सहमति दिने अधिकृतलाई नै सोही घटनाको अनुसन्धानको जिम्मा दिएको पाईएको छ ।
चौदण्डीगढी नगरपालिका २ नम्बर वडा कार्यालय भवन वनाउन काँचो सालको रुख काटेको विषयमा छानविन गर्न तत्कालिन इलाका वन कार्यालय बेल्टारका सहायक वन अधिकृत सत्य देव यादवलाई प्रारम्भिक छानविन गरि प्रतिवेदन पेश गर्न जिम्मेवारी दिईएको हो । डिभिजन वन कार्यालयले सहायक वन अधिकृतलाई रुख काटेको विषयमा छानविन गरि प्रतिवेदन पेश गर्न आदेश दिएको जनाएको छ । बेल्टारमा सहायक वन अधिकृतको रुपमा कार्यरत रहेका यादवले कौवेदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षको मिलेमतोमा वडा कार्यालय बनाउने नाममा काँचो सालको रुख कटान गर्न आदेश दिएको स्रोतले बतायो । ‘सार्वजनिक निर्माणको काम भनेर इलाका वन कार्यालय स्तरबाट रुख काट्ने प्रक्रिया नपुर्याई मौखिक सहमति भएको रहेछ ।’ स्रोतले भन्यो ‘त्यसरी सालको रुख काट्नु अबैधानिक हो, अबैध ढंगले प्रक्रिया नपुर्याई रुख काट्न हुदैनथ्यो ।’ रुख काटिएको बारे के भएको बुझेर प्रतिवेदन पेश गर्न सहायक वन अधिकृत सत्यदेव यादवलाई जिम्मा दिएको डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यले जानकारी दिए । आचार्यका अनुसार वडा कार्यालय भवन बनाउने जग्गा नेपाल सरकारको राष्ट्रिय वन क्षेत्र भित्र पर्ने भएकाले सहायक वन अधिकृत यादवलाई प्रतिवेदन पेश गर्न भनेको बताए । वडा कार्यालय बनाउने स्थान वन ऐनको कार्यक्षेत्र भित्र पर्ने भएकाले र सालको रुख काटिएकाले छानविन थालिएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ । यसबारे बुझदा सहायक वन अधिकृत यादवले आफूले रुख काटन कुनै आदेश नदिईएको प्रष्ट पारे । ‘मैले कसरी रुख काट्ने आदेव दिन सक्छु, यो मेरो क्षेत्र भन्दा बाहिरको कुरा हो ।’ यादवले भने ‘कसैले आरोप लगाउछ भने त म के नै गर्न सक्छु र !’ प्राप्त स्रोत अनुसार यादवले फोन मार्फत रुख काट्दा केही फरक नपर्ने भनेकोले रुख काटिएको जनाएको छ । काटिएको सालको रुखको काठ करिव ६० क्यूफिट रहेको छ ।
यो पनि पढ्नु होस् ।

अध्यक्षलाई नै थाह छैन वडा कार्यालय भवन बन्दै छ भनेर

तपाईको प्रतिक्रिया