उदयपुर, थारू समुदायको मौलिकखानामनिने घुँगी र सितुवाको व्यापार बढ्दै गएको छ । उदयपुरमाथारु समुदायको बसोबास भएको क्षेत्रमाहुने, मेला, महोत्सवमाविशेष आर्कष रुपमा देखिने घुँगी र सितुवाकाअहिले होटलनै खुलेका छन ।
धान, खेत, दलदले हिलो, पोखरी तथासिमसार क्षेत्रमापाइने एक प्रकारको शंके किरा जस्तै हुने घुँगी र सितुवाले बजार पाउनथालेपछि होटलहरु खुल्न थालेका बताईन्छ । गाईघाट बजार भित्र साना तथा मझौला होटलहरुमा साँझ पख सितुवा र घुँगी खानेहरुको भीड बढ्दै गएको छ । पछिल्लो समय घुँगी खान रुचाउनेमा थारू मात्र छैनन् । अन्य समुदयले समेत घुँगी र सितुवा खान थालेका छन । थारु परिकारका रुपमा लिइने घुँगी र सितुवाको व्यापार अहिले थारु समुदाय नै होटल खोलेर व्यापार गर्न थालेका छन ।
त्रियुगा नगरपालिका १२ गाईघाट घोङगी होटलका सञ्चालक शिवकुमार चौधरीले घुँगी र सितुवालको व्यापार बढ्दै गएको बताए । ‘पहिला पहिला थारुले मात्र खाने एक प्रकारको खाना हो भन्थ्ये,’ उनले भने, ‘हामीले मेला महोत्सवमा मात्र प्रर्दशन गर्दथ्यो, अहिले होटल नै खोलेपछि ग्रहकलाई समेत पु¥याउन सकेका छैनौ ।’ शिवकुमार मात्र होईन अहिले गाईघाटका विभिन्नथारु समुदायकको बसोबार रहेको क्षेत्रका घुँगी र सितुवा पाउने होटलहरु घेरै रहेका छन । ‘कुनै वेला एकै दिनमा ४० देखि ५० किलोसम्म मैलेनै बिक्री गरेको छु,’ पुन शिवकुमारले भने, ‘मासिक रुपमा ३० देखि ४० हजारसम्म आम्दामी गर्ने गरेको छु ।’
थारू समुदायको नयाँ वर्ष अर्थात् माघीमा चिचरी भातसँग घुँगी खाने चलन भएको बताइन्छ । घुँगी खानाले क्याल्सियम पाउने तथा हड्डीको समस्या ठिक हुने विश्वास छ । घुँगी खाएपछि शरिर दुखेको, मर्केको, भाचिँएको समेत ठिक हुने गाईघाटका ६५ वर्षे शंकर लाल चौधरी बताउँछन । ‘घुँगी र सितुवा खाँदा हामीलाई शरिर दुखेको, शरिरका हड्डी दुख्दा ठिक हुन्छ,’ उनले भने, ‘मैले ढाड दुख्दा, हात खुट्टा मर्किदा घुँगी नै खाएर ठिक पार्ने गरेको छु ।’

पोखरी बनाएर घुँगीको भण्डारण
घुँगी र सितुवा प्राकृतिक रूपमै पाइने एक प्रकारको जीव हो । हिजो आज उदयपुरका घुँगी र सितुवा पाइने क्षेत्रलोप हुँदै गएका छन । बजारमा घुँगी र सितुवा कै होटलहरु खुल्न थालेपछि त्रियुगा नगरपालिका १२ शिवकुमार चौधरीले पोखरी नै बनाएर घुँगी र सितुवा भण्डारण गरी बेच्दै पनि आएका छन । ‘साउन, भदौ र असोजमा विशेया गरी धेरै पाइन्छ,’ पोखरीमा घुँगी पालेको देखउँदै शिवकुमारले भने, ‘यही उत्पादन हुने होईन, घुँगी पाउने सिजन भनेको साउन, भदौ र असोजनै हो, त्यही वेला जम्मा गरेर पोखरीमा आफुले राख्ने गरेको छु, कतिपय होटल वालाले यही पोखरीबाट लगेर बेच्ने गरेका छन ।’
घुँगी र सितुवा पाउने सिजनमा जम्मा गरेर नपाउने मौसम अर्थात अफसिजनमा बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘मैले पोखरीमा जम्मा गरेको घुँगी प्रतिकिलो ८० देखि ९० रुपैँया सम्ममा बेच्ने गरेको छु,’ पुनः उनले भने, ‘पछिल्लो समयमा घुँगीको माग र व्यापार फष्टउँदै गएको छ ।’ पोखरीमा जम्मा गरेको घुँगीलाई पिठो खुवार राख्ने गरेको उनको भनाइ छ । घुँगीको तुलनमा सितुवाको व्यापार अकि कम रहेको बताए ।

यसरी बनाएर खाइन्छ घुँगी
घुँगी अर्थात शंखे किरा जस्तै देखिने किरालाई सफा पानीमा २० देखि २४ घण्टा भिजाइन्छ । त्यसपछि पीठो खुवाइन्छ । पानीमा राखेर पीठो खुवाएपछि घुँगीले खाएको माटो बाहिर निकाल्न सहि जो हुन्छ । मोटो निकालेपछि चुच्चो पटिबाट फुटाइन्छ । त्यसपछि सफा गरेर पकाउनु पर्छ । आवश्यक मात्रामा मसला, अदुवा, लसुन, नुन र खोर्सानी समेतको घोलमा दुई घन्टासम्म फलामे कराई वा भड्डुको भाँडोमा मजाले पकाएर घुगिलाई खान योग्य बनाइन्छ । यसरी तयार पारेको घुगि चुसेर त्यस भित्रको प्रोटियुक्त मासुको सुरुप तान्ने गरिन्छ ।









