• काबा अध्यक्ष रमेश विश्वकर्माको नाममा १ लाख ७२ हजारको चेक

  • संजीव श्रेष्ठको नाममा किन ४ लाख १८ हजारको चेक काटियो ?

उदयपुर । २०७८ असार २८ गते त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा समूहले विधान विपरित अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि तीन वर्षको लागि साधारण सदस्यबाट समेत निलम्बन गरेको निर्णय अहिले संघ नै खारेजीको अवस्थामा पुगेको छ । संघको विधान विपरित रमेश विश्वकर्मा कार्यबहाक अध्यक्ष भन्दै नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंक गाईघाट शाखामा भएको खाताको हस्ताक्षर परिवर्तन गरेर १४ लाख बढी रकम हिनामिना गरेको रहस्य खुलेको छ भने नविकरण वापत ४ लाख बढी रकम पनि हिनामिना भएको आशंका गरिएको छ ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईको एक पक्षिय निर्णयले संघमा श्रावण १ गतेको पत्रानुसार बैंक खाताको हस्ताक्षर परिवर्तन गर्दै एनसिसी बैंकमा रहेको २३ लाख २६ हजार २९५ रुपैया मध्ये श्रावण ४ गते विभिन्न व्यक्तिको नाममा गरी एक लाख १२ हजारको चेक काटिएको बैंक स्टेटमेन्टले देखाउँछ ।

यस्तै रमेश विश्वकर्मामा आफ्नै नाममा १ लाख ७२ हजार गरी २ लाख ८८ हजार तीन सय रकमको चेक काटिएको छ । रमेश विश्वकर्माको चेक दिलिप कुमार विश्वकर्माले साटेको बैंक स्टेटमेन्टले देखाउँछ ।

यस्तै पुस २३ गते हिरा प्रसाद साहुको नाममा २ लाख र माघ ५ गते पुनः हिरा प्रसाद साहुको नाममा ५ लाखको चेक काटिएको बैंक स्टेटमेन्टमा देखिएको छ ।

लेखापाल संजीव श्रेष्ठको नाममा तलब बाहेक कार्तिक १७ गते २ लाख १८ हजार र पुस २१ गते २ लाख गरी ४ लाख १८ हजार रकम झिकिएको छ ।

२०७८ श्रावण १ यता मंसिर १० गतेसम्म १२३७ व्यवसायीहरुको सदस्यता नविकरण गरेको भन्दै सूचना प्रकाशित गरेको थियो । सूचना अनुसारको १२३७ व्यवसायीहरुको नविकरण वापत ४ लाख २ हजा २५ रुपैया हुन आउँछ । पुस ३ गते गर्ने भनेको साधारण सभा तथा अधिवेशन अघि नै नविकरण वापतको रकम बैंकमा जम्मा गर्नु पर्नेमा रकम जम्मा गरेको देखिदैन् भने २०७८ बैशाख ८ गतेसम्म २६२६ जना व्यवसायीको नविकरण भएकोलाई रमेश विश्वकर्मा पक्षले मान्यता नदिईएको देखिदैन् । उनीहरुलाई अवैधानिक साधारण सभा तथा अधिवेशनमा सहभागी हुनबाट वञ्चित गराएको छ ।

यस विषयमा रमेश विश्वकर्मालाई सम्पर्क गर्दा मोवाइलमा सम्पर्क हुन सकेन भने लेखापाल श्रेष्ठको मोबाइलमा दुई पटक घण्टी गएपनि फोन उठाएन् ।

यता लेखापाल श्रेष्ठको नाममा किन यति धेरै रकम निकासा गरेको बारे आफु जानकार नरहेको सचिव दिनेश श्रेष्ठले बताए । उनका अनुसार छैठो साधारण सभा तथा अधिवेशन सकिएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरलाई संस्था नविकरण र बैंकको हस्ताक्षर परिवर्तनको लागि निवेदन दिएपनि प्रशासनले मान्यता नदिँदा अहिलेसम्म मेरो हस्ताक्षरबाट रकम निकालिएको छैन् । अहिले पनि रमेश विश्वकर्मा र हस्तमाया राईको नामबाट खाता संचालनमा रहेको छ ।

यस्तै त्रियुगा उद्योग वाणिज्य संघको पदाधिकारी तथा सदस्यहरुको कार्यकाल सकिएको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरको चलानी नं. १८२८ को पत्र मिति २०७८ मंसिर १२ गतेको पत्र अनुसार संघको सम्पूर्ण बैंकहरुको खाता रोक्का गर्न पत्रचार गरेको थियो । मंसिर १२ गते यता संघको खाताबाट १० लाख ५ हजार पाँच सय रुपैया निकालिएको छ ।

जिल्ला प्रशासन कार्यालयको पत्रलाई चुनौति दिँदै एनसिसीका म्यानेजर घनश्याम बस्नेतले बैंक खाता संचालन गर्न दिएपछि प्रशासनले माघ १० गते २४ घण्टे स्पष्टीकरण पत्र पठाएको छ । रोक्का रहेको खातालाई प्रशासनको पत्र विपरित रमेश विश्वकर्मा र हस्तमाया राईको हस्ताक्षरमा खाता संचालन गर्न दिएपछि प्रशासनले बैंकलाई के कति कारणले खाता संचालन गर्न दिइएको हो वा होइन भनेर २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्रोतका अनुसार बैंक म्यानेजरको जागिर धरापमा परेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलका अनुसार प्रशासनले बैंक खाता संचालन गर्न अनुमति दिइएको छैन् । “बैंक खाता कसरी संचालनमा आएको बारे बैंकलाई २४ घण्टे स्पष्टीकरण सोधेका छौं, बैंक म्यानेजरलाई कोरोना संक्रमण भएको भन्दै जानकारी आएकोले म्यानेजर बैंकमा हाजिर भएको २४ घण्टा भित्रमा प्रशासनमा उपस्थित गराउने भनेर सहायक म्यानेजर अर्चना भट्टराईले पत्र छोडेर गएको छ ।” सप्रजिअले भने, “बैंक म्यानेजर उपस्थित भएपछि वास्तविकता के हो बुझ्ने छौं ।”

त्रियुगा उद्योग वाणिज्य संघका विरुद्ध उदयपुर जिल्ला अदालतमा मुद्दा नं. ३१–०७८–००७५ निशेधाज्ञा, उच्च अदातल विराटनगरमा मुद्दा नं. ०७८–wo–०१७८ उत्प्रेषण, परमाधेश, प्रतिशेध र सोही अदालतमा मुद्दा नं. ०७८–wo–०००८ उत्प्रेषण, परमाधेश, प्रतिशेध र सम्मानित सर्वोच्च अदालतमा रिट नं. ०७८–wo–०७३० गरी ४ वटा मुद्दा विचाराधिन अवस्थामा रहेकोले पौष २६ र २७ गतेको अवैधानिक साधारण सभा तथा अधिवेशनलाई जिल्ला प्रशासन कार्यालय उदयपुरले अध्यक्षमा रमेश विश्वकर्मालाई मान्यता दिएको छैन् ।

थप सम्बन्धित समाचार

 

तपाईको प्रतिक्रिया