उदयपुरमा चट्याङले घर ध्वस्त, दुई घाइते

उदयपुरमा चट्याङले घर ध्वस्त, दुई घाइते
उदयपुर । उदयपुरमा शनिबार हावापानीसँगै परेको चट्याङले घर र गोठ जलेर ध्वस्त भएको छ । बेलका नगरपालिका ५ मितेरी गाउँ पोखरेको आठमाया राईको घरमा परेको चट्याङले घरमा आगलागी हुँदा ध्वस्त भएको हो । चट्याङले आठमाया राईकी ६ वर्षिय नातिनी निर्मिता राई र ६ महिने नातिनी प्रतिक्षा राई समेत घाइते भएका छन् । उनीहरुको सामान्य उपचार घरमै उपचार भएको थियो । निर्मिताको डाँडमा आगोले पोलेको छ । यस्तै चट्याङले आगलागी हु...

उदयपुरमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७ पुग्यो

उदयपुरमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७ पुग्यो
उदयपुर । उदयपुरमा आइतबार ३ महिला र ६ पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । उनीहरु संक्रमितसँगको कन्ट्राक्ट ट्रेसिङ र लक्षण भएकाहरुमध्येबाट चेकजाँच गरिएकाहरु हुन् । संक्रमित हु्नेमा त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाका ४/४ जना रहेका छन भने चौदण्डीगढी नगरपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिए । त्रियुगा नगरपालिका वडा नं. ...

सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी-घुर्मी यातायात ठप्प

सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी-घुर्मी यातायात ठप्प
उदयपुर । सगरमाथा प्रवेशद्धारको रुपमा परिचित सिद्धिचरण राजमार्गको स्तरोन्न्नतीको माग गर्दै स्थानीयहरुले यातायात ठप्प गरेको छ । स्थानीयहरुले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालीन राजमार्ग ठप्प पार्ने बताउँदै आएका छन् । वि.सं. २०५२ देखि नै निर्माण शुरू भएर २०५८ सालमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको उक्त सडकखण्ड यतिका वर्ष वितिसक्दा पनि भत्केको खाल्डा समेत पुनःनिर्माण हुन नसक्दा सडकखण्ड अहिले जीर्ण...

उदयपुरमा जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा युवक पक्राउ

उदयपुरमा जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा युवक पक्राउ
उदयपुर । उदयपुरमा मानसिक सन्तुलन गुमाएकी महिलालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा शुक्रबार एक युवक पक्राउ परेको छ । रौतामाई गाउँपालिका ७ बस्ने २४ वर्षिय राजु आछामेलाई मानसिक सन्तुलन गुमाएकी महिलालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा पक्राउ परेको छ ।स्थानीय घाँस दाउरा गर्न गएकाहरुले रौतामाई गाउँपालिका – ७ नवज्योती सामुदायिक वनको हिले खोल्सी शिरमा नाम, थर, वतन नखुलेको अन्दाजी २६÷२७ वर्षकी मह...

उदयपुरमा ठूलो परिमाणमा लागूऔषधसहित मेडिकल संचालक पक्राउ

उदयपुरमा ठूलो परिमाणमा लागूऔषधसहित मेडिकल संचालक पक्राउ
उदयपुर । उदयपुरमा शुक्रबार राति एक मेडिकल संचालक ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ परेको छ । बेलका नगरपालिका–१ आम्बासीमा रहेको बेलका मेडिलक पोलिक्लिनिक प्रा.लि. का संचालक सप्तरी चिरहुत गाउँपालिका–२ मैनाकडेरीका २६ बर्षीय सुबोध यादबलाई लागूऔषधसहित पक्राउ परेको हो । बिषेश सूचनाको आधारमा सो क्लिनिकमा खानतलासी गर्दा ट्रामाडोल हाईड्रोक्लेराइड १ सय ९८ ट्याब्लेट, डाईसाईकोमाईन हाईड्रोक्लेराइड ५ सय १५ ट्याब...

सडक कालोपत्रे गरेको २४ घण्टा नवित्दै भत्किए

सडक कालोपत्रे गरेको २४ घण्टा नवित्दै भत्किए
उदयपुर । उदयपुरको कटारी–मरुवा खण्डमा सडक कालोपत्रे गरि नसक्दै भत्किएको छ । रातिराति कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गरेकोले सडक निमार्ण नसकिँदै भत्किएको स्थानीयले गुनासो गरेका छन् । चैत्र २९ गते राति गरेको कालोपत्रे २४ घण्टा नबित्दै भत्किएपछि गुणस्तरहीन सामग्रीहरुको प्रयोग भएको प्रष्टै देखिन्छ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत रौता सुसम आदित्य रेग्मी जेभीले काम सुरु गरेको उक...

उदयपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु
उदयपुर । उदयपुरको कटारी नगरपालिका ४ सिम्लेमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । सोमबार बेलुका साढे ५ बजे मोवाईल चार्ज गर्ने क्रममा स्थानीय सिम्लेकी ३९ वर्षीया मनकुमारी मगर दनुवारको करेन्ट लागेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार बेलुका साढे ५ बजे घरमा मोवाईल चार्ज गर्ने क्रममा दनुवारलाई करेन्ट लागको थियो । करेन्टले घाईते भएकी उनलाई उपचारको लागी शान्ति हेल्थकेयर के...

उदयपुरमा ब्राउन सुगर सहित २ जना पक्राउ

उदयपुरमा ब्राउन सुगर सहित २ जना पक्राउ
उदयपुर । उदयपुरमा लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ११ बाबारानी मार्ग स्थित लागु औषध ब्राउन सुगर कारोबार भईरहेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले ब्राउन सुगर सहित दुई व्यक्तिलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का ३२ बर्षिय दशरथ शाह र सोहि ठाउँका २९ बर्षिय विवश राईलाई ४ ग्राम ब्राउन सुगर सहित शनिवार ...

उदयपुरमा आगलागीमा ३ वर्षिय बालक जलेको आशंका, आगो नियन्त्रण बाहिर

उदयपुरमा आगलागीमा ३ वर्षिय बालक जलेको आशंका, आगो नियन्त्रण बाहिर
उदयपुर । उदयपुरमा आइतबार साँझ आगलागीमा एक बालक जलेको आशंका गरिएको छ । कटारी नगरपालिका वडा नं. १० आइतबार साँझ ४ः४५ बजेको समयमा पालसिङ्गको बरालथुम्कामा आगलागीमा परि सुजन थापाको ३ वर्षिय छोरा अर्विन थापा आगोमा जलेको आशंका गरिएको छ । घरमा केटाकेटी बाहेक अरु कोही नभएको बेला अचानक प्रकाश थापाको घर नजिकबाट शुरु भएको आगोले तीन दाजुभाईको घर, गुहाली र मच्चान जलेर पूर्ण रुपमा नष्ट भएको कटारी नगरपालिका १० का...

उदयपुरमा भाउजुलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा देबर पक्राउ

उदयपुरमा भाउजुलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा देबर पक्राउ
उदयपुर । उदयपुरमा आफ्नै भाउजुलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा मंगलबार देबर पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० का २३ वर्षिय मनोज भन्ने होम बहादुर विक रहेको छ । उनले आफ्नै २५ वर्षिय मुना वि.क.लाई खाने खाने विषयमा सामान्य विवाद हुँदा खुकुरी प्रहार गरेका थिए । भाउजुको घाटीको पछाडि पट्टी चोट लागेको र अवस्था सामान्य रहेको छ । उनलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि वि...