उदयपुर । उदयपुरमा शुक्रबार राति एक मेडिकल संचालक ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ परेको छ । बेलका नगरपालिका–१ आम्बासीमा रहेको बेलका मेडिलक पोलिक्लिनिक प्रा.लि. का संचालक सप्तरी चिरहुत गाउँपालिका–२ मैनाकडेरीका २६ बर्षीय सुबोध यादबलाई लागूऔषधसहित पक्राउ परेको हो ।
बिषेश सूचनाको आधारमा सो क्लिनिकमा खानतलासी गर्दा ट्रामाडोल हाईड्रोक्लेराइड १ सय ९८ ट्याब्लेट, डाईसाईकोमाईन हाईड्रोक्लेराइड ५ सय १५ ट्याब्लेट, कोपेटब डी ३ सय ५ ट्याब्लेट, ट्रामाडोल हाईड्रोक्लेराइड ओपिडोल १ हजार ५ सय २ ट्याब्लेट, प्रिगआउट किट १० ट्याब्लेट, स्लाईडदिनाफिल ४ ट्याब्लेट, जुनुग्रा रेड १२ ट्याब्लेट लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । पोलिक्लिनिकबाट नगद एक लाख १७ हजार र मोबाइल १ थान समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै शुक्रबार राति १० बजे बेलका नगरपालिका १ फत्तेपुरबाट आम्बासी तर्फ आउँदै गरेको पैदल यात्री चौदण्डीगढी नगरपालिका ४ हात्तिसारका १९ वर्षिय मौसम तामाङलाई लागूऔषध सहित पक्राउ परेको छ । पक्राउ परेको साथबाट स्पासमो प्रोक्सीभोन प्लस १० ट्याब्लेट र सिरिन्ज १ थान सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागूऔषधसहित पोलिक्लिनिकका संचालक यादव र अर्का तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया