उदयपुर । उदयपुरमा आइतबार ३ महिला र ६ पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । उनीहरु संक्रमितसँगको कन्ट्राक्ट ट्रेसिङ र लक्षण भएकाहरुमध्येबाट चेकजाँच गरिएकाहरु हुन् ।
संक्रमित हु्नेमा त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाका ४/४ जना रहेका छन भने चौदण्डीगढी नगरपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिए । त्रियुगा नगरपालिका वडा नं. ६ का २५ र ५४ वर्षिय पुरुष, वडा नं. १० का ३० र ३७ वर्षिय महिला संक्रमित भएका छन् ।
रौतामाई गाउँपालिका वडा नं. ५ का ५१ वर्षिय महिला सहित २८, ३५ र ६१ वर्षिय पुरुष पनि संक्रमित भएका हुन् । उनीहरु केही दिन अगाडी संक्रमित भएको कन्ट्राक्ट ट्रेसिङको आधारमा चेकजाँच गराउँदा कोरोना संक्रमण देखिएको सूचना अधिकारी निरौलाले जानकारी दिए ।
चौदण्डीगढी नगरपालिका वडा नं. ९ का ४२ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
उदयपुरमा कोरोना संक्रमितको संख्या १२ महिला सहित ३७ पुग्यो । कटारी नगरपालिकामा २ महिला सहित ४ जना, चौदण्डीगढी नगरपालिकामा १ महिलासहित ५ जना, त्रियुगा नगरपालिकामा ८ महिला सहित २२ जना, बेलका नगरपालिकामा एक पुरुष र रौतामाई गाउँपालिकामा १ महिलासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म १ जना महिलाको मृत्यु भएको छ भने २ जना कोरोना संक्रमण मुक्त भएको छ ।

तपाईको प्रतिक्रिया