उदयपुर । उदयपुरको कटारी नगरपालिका ४ सिम्लेमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । सोमबार बेलुका साढे ५ बजे मोवाईल चार्ज गर्ने क्रममा स्थानीय सिम्लेकी ३९ वर्षीया मनकुमारी मगर दनुवारको करेन्ट लागेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार बेलुका साढे ५ बजे घरमा मोवाईल चार्ज गर्ने क्रममा दनुवारलाई करेन्ट लागको थियो । करेन्टले घाईते भएकी उनलाई उपचारको लागी शान्ति हेल्थकेयर केन्द्र मिर्चैया सिरहा लगिएकोमा उपचार सुरू नहुँदै उनको मृत्यु भएको हो

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया