उदयपुर । उदयपुरमा आफ्नै भाउजुलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा मंगलबार देबर पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० का २३ वर्षिय मनोज भन्ने होम बहादुर विक रहेको छ ।
उनले आफ्नै २५ वर्षिय मुना वि.क.लाई खाने खाने विषयमा सामान्य विवाद हुँदा खुकुरी प्रहार गरेका थिए । भाउजुको घाटीको पछाडि पट्टी चोट लागेको र अवस्था सामान्य रहेको छ । उनलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने देबर त्रियुगा नगरपालिका ९ गैहरुनबाट मंगलबार साँझ करिव ६ः३० बजे पक्राउ परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया