उदयपुर । उदयपुरमा आइतबार साँझ आगलागीमा एक बालक जलेको आशंका गरिएको छ । कटारी नगरपालिका वडा नं. १० आइतबार साँझ ४ः४५ बजेको समयमा पालसिङ्गको बरालथुम्कामा आगलागीमा परि सुजन थापाको ३ वर्षिय छोरा अर्विन थापा आगोमा जलेको आशंका गरिएको छ ।
घरमा केटाकेटी बाहेक अरु कोही नभएको बेला अचानक प्रकाश थापाको घर नजिकबाट शुरु भएको आगोले तीन दाजुभाईको घर, गुहाली र मच्चान जलेर पूर्ण रुपमा नष्ट भएको कटारी नगरपालिका १० का जेष्ठ वडा सदस्य दिल बहादुर थापा खत्रीले जानकारी दिए । बेपत्ता बालकका दिदीलाई उध्रित गर्दै वडा सदस्य थापाका अनुसार आगलागी हुँदा बखत घरमै खेलिरहेको बालक आगलागी पछि नदेखिएको बताए ।
पानीको अभावले आगो नियन्त्रण बाहिर रहेको वडा सदस्य थापाले जानकारी दिए । रातिको ८ः३० बजेसम्म सुजन थापाको घरको आगो नियन्त्रणमा आएपनि मेघराज थापाको घरमा लागेको आगो नियन्त्रणमा आई नपुगेको प्रहरीले जानकारी दिए ।
आगलागीमा परि प्रकाश थापा, सुजन थापा, मेघ बहादुर थापाको घर र गुहाली गरी ८ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको वडा सदस्य थापाले जानकारी दिए । उनका अनुसार आगालागीमा परि तीनै दाजुभाईको कुखुरा करिव ९० वटा, पाठा २ वटा, भैंसी एक वटा जलेको आँकलन गरिएको छ । यस्तै नगद, सुनचाँदी, गरगहना समेत जलेर नष्ट भएको छ भने क्षतिको पूर्ण विवरण आई नपुगेको बताए ।
करिव ४ः४५ बजेबाट शुरु भएको आगो राति ८ः३० बजेसम्म पनि नियन्त्रणमा नआएको प्रहरीले जानकारी दिएको छ । आगो नियन्त्रणका लागि स्थानीय, सोरुङ्गछविसे र बेतिनीको प्रहरी टोली परिचलन गरिएको छ । यस्तै इलाका प्रहरी कार्यालय कटारीबाट थप प्रहरी परिचालन गरिएको प्रहरीले जानकारी दिइएको छ ।

 

तपाईको प्रतिक्रिया