उदयपुर । उदयपुरमा शनिबार हावापानीसँगै परेको चट्याङले घर र गोठ जलेर ध्वस्त भएको छ । बेलका नगरपालिका ५ मितेरी गाउँ पोखरेको आठमाया राईको घरमा परेको चट्याङले घरमा आगलागी हुँदा ध्वस्त भएको हो ।
चट्याङले आठमाया राईकी ६ वर्षिय नातिनी निर्मिता राई र ६ महिने नातिनी प्रतिक्षा राई समेत घाइते भएका छन् । उनीहरुको सामान्य उपचार घरमै उपचार भएको थियो । निर्मिताको डाँडमा आगोले पोलेको छ ।
यस्तै चट्याङले आगलागी हुँदा धान, मकै, चामल, सुनचाँदीको गहना सहित ७ वटा बाख्रा, कुखुरा, बंगुर समेत मरेको बेलका नगरपालिका ५ का वडाध्यक्ष गोविन्दकुमार खड्काले जानकारी दिए । उनका अनुसार अन्दाजी १२ लाख बराबरको क्षति भएको र आगो शनिबार विहान ११ बजेपछि मात्रै नियन्त्रणमा आएको जनाएको छ ।
यस्तै घर, गोठ आगोले जलेपछि क्रियापूर्तिको विजोग भएको छ । आठमाया राईमा आमा ८८ वर्षिय जसिमाया राईको तीन दिन अघि मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया