बाल विवाह न्युनिकरणको लागि सचेतनामुलक स्टिकर वितरण अभियान

बाल विवाह न्युनिकरणको लागि सचेतनामुलक स्टिकर वितरण अभियान
कटारी । बाल विवाह न्युनिकरणका लागि उदयपुरको कटारी नगरपालिकाले नमुना अभियान सुरु गरेको छ । उपमेयर भिम कुमारी राउतको नेतृत्वमा कटारी नगर क्षेत्रको माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई बाल विवाह न्युनिकरण सम्बन्धि स्टिकर वितरण गर्ने अभियान सुरु गरिएको हो । इलाका प्रहरी कार्यालय कटारीको समन्वयमा गत सोमवारदेखि उपमेयर राउतले नगर क्षेत्रको माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई सचेतनामुलक स्टिकर वितरण ग...

कटारी तिनकुने चोकमा बुद्धको मुर्ती स्थापना

कटारी तिनकुने चोकमा बुद्धको मुर्ती स्थापना
कटारी । कटारी ३ स्थित सिद्धिचरण लोकमार्ग र मदन भण्डारी लोकमार्गको संगम स्थलमा बुद्धको मुर्ती स्थापना गरिने भएको छ । कटारी डाडाँ स्थित तिनकुने चोकमा कटारी नगरपालिकाको सहयोगमा बुद्धको मुर्ती स्थापना गर्न लागिएको हो । बिहिबार कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले एक समारोह विच बुद्धको मुर्ति स्थापनाको लागि शिलान्यास गरेका छन । मुर्ती शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले सबै धर...

उदयपुरमा ४२ हजार बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने

उदयपुरमा ४२ हजार बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने
उदयपुर । नेपालमा पहिलो पटक बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । उदयपुरमा ४२ हजार बालबालिकालाई लक्षित गरी कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाउने भएको छ । मंगलबार बसेको जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको अध्यक्षतामा बसेको बैठकले उदयपुरमा पुस ८–१५ गतेसम्म ४२ हजार बालबालिकालाई लक्षित गरी खोप अभियान संचा...

उदयपुरगढीमा ३ दिने बाख्रा पालन तालिम सम्पन्न

उदयपुरगढीमा ३ दिने बाख्रा पालन तालिम सम्पन्न
उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नं. ७ मा ३ दिने बाख्रा पालन तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ । उदयपुरगढी गाउँपालिका पशु पंक्षी विकास शाखाको सहयोगमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ३ दिने बाख्रा पालन तथा व्यवस्थापन तालिम सम्पन्न भएको हो । सुनाखरी कृषक समूह र सरस्वती फुलबारी कृषक समूहका गरी ४१ जना कृषकलाई ३ दिने बाख्रा पालन तथा व्यवस्थापन सम्बन्धी तालिम दिइएको पशुपंक्षी विकास श...

जबरजस्ती करणी गरेको आरोपमा ७० वर्षिय वृद्ध पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा ७० वर्षिय वृद्ध पक्राउ
उदयपुर । उदयपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक ७० वर्षिय वृद्ध पक्राउ परेको छ । त्रियुगा नगरपालिका १२ का ७० वर्षिय वृद्ध गणेश भन्ने जय बहादुर खत्रीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको हो । सोमबार अन्दाजी १२ः३० बजेको समयमा परिवर्तित नाम गाईघाट २५ कुमारी अपाङ्गता भएकालाई जबरजस्ती करणी गरेको मंगलबार परेको उजुरीको आधारमा आरोपमा पक्राउ परेको हो । पीडकलाई जिल्ला अदालत उदयपुरबाट ५ दिनको म्याद ...

वन मुद्धामा ३५ लाख बढी जरिवानामा तिर्न बाँकी फरार प्रतिवादी पक्राउ

वन मुद्धामा ३५ लाख बढी जरिवानामा तिर्न बाँकी फरार प्रतिवादी पक्राउ
उदयपुर । उदयपुरमा वन मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न मितिमा अदालतबाट फैसला भई कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रहेका प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले उदयपुरगढी ६ भमरे बस्ने वर्ष ५८ का भक्त बहादुर खड्कालाई पक्राउ गरेको जानकारी दिएको छ । ...

मुद्दा धाउदाँ धाउदै वित्यो हाम्रो कार्यकाल : काबा अध्यक्ष खड्का

मुद्दा धाउदाँ धाउदै वित्यो हाम्रो कार्यकाल : काबा अध्यक्ष खड्का
उदयपुर । त्रियुगा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्थां)का कार्यवाहक अध्यक्ष ओम खड्काले आफ्नो कार्यकाल मुद्दा मामिला गर्दा गर्दै वितेको बताएका छन । निवर्तमान अध्यक्ष शंकर बस्नेतले अनावश्यक रुपमा मुद्दा दिएकाले आफ्नो कार्यकाल अड्डा अदालत धाउदा धाउदै वितेको बताएका हुन । शंकर बस्नेतले अनावश्यक रुपमा गरेको लेनदेनको कागजले संस्थालाई लेनदेन मुद्दा जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च...

आज त्रियुगा साना शहरी खानेपानीको अधिवेशन, संस्था सिष्टममा चलेको महशुस गर्न थाले : उपभोक्ताहरु

आज त्रियुगा साना शहरी खानेपानीको अधिवेशन, संस्था सिष्टममा चलेको महशुस गर्न थाले : उपभोक्ताहरु
गाईघाट । नेतृत्व गर्ने व्यक्तिले निस्वार्थ कार्य गर्दा मृत अवस्थाको संस्थाले कसरी पुनःजीवन पाउने रहेछ भन्ने उदाहरण बनेको छ बोक्से स्थित त्रियुगा साना खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था) । पहिले शंकर बस्नेतले नेतृत्व गर्दा र अहिले कार्यवाहक अध्यक्ष ओम खड्का सहितको टीमले नेतृत्व गर्दा साना खानेपानीको स्वरुप नै परिवर्तन भएको महशुस स्थानीय उपभोक्ताले गरेका छन । कुनै समय नगर विकास कोषबाट लिएको ...

लागू औैषध मुद्धाका फरार प्रतिवादी पक्राउ

लागू औैषध मुद्धाका फरार प्रतिवादी पक्राउ
उदयपुर । लागूऔषध मुद्धामा फरार प्रतिवादी इलाका प्रहरी कार्यालय रामपुरले पक्राउ परेको छ । लागूऔषधमा १ वर्ष ६ महिना र १० हजार जरिवानाको जिल्ला अदालत उदयपुरले फैसला गरेको प्रतिवादी कृष्ण बहादुर राई पक्राउ परेको छ । पक्राउ परेका राईलाई सजाय भुक्तानीको लागि जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

गरिव निम्न आय स्रोत भएकालाई बाँसको मुढा बनाउने तालिम प्रदान

गरिव निम्न आय स्रोत भएकालाई बाँसको मुढा बनाउने तालिम प्रदान
उदयपुर । जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा ७ दिने बाँसको मुढा बनाउने तालिम संचालन भएको छ । लिम्चुङबुङ गाउँपालिका उद्यम विकाश शाखाको आयोजनामा स्थानीय गरिव विपन्न ६ जनालाई बाँसको मुढा बनाउने तालिम संचालनमा रहेको छ । तालिम मंसिर २९ गतेदेखि पौष ६ गतेसम्म संचालन हुने छ । तालिममा सहभागी भइ सिप सिकेर समाजमा रहि जिविकोपाजर्नमा सहजता आउने र सिकेको सीपलाई व्यवसायीक रुपमा नै अगाडि बढाउने उद्देश्य स्वरुप त...