कटारी । बाल विवाह न्युनिकरणका लागि उदयपुरको कटारी नगरपालिकाले नमुना अभियान सुरु गरेको छ । उपमेयर भिम कुमारी राउतको नेतृत्वमा कटारी नगर क्षेत्रको माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई बाल विवाह न्युनिकरण सम्बन्धि स्टिकर वितरण गर्ने अभियान सुरु गरिएको हो ।
इलाका प्रहरी कार्यालय कटारीको समन्वयमा गत सोमवारदेखि उपमेयर राउतले नगर क्षेत्रको माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई सचेतनामुलक स्टिकर वितरण गर्नु भएको थियो । कटारी नगरमा बाल विवाहको दरमा कमी नआएपछि अभियानकै रुपमा नमुना कामको सुरु गरिएको बताइएको छ । बाल विवाहको न्युनिकरणका लागि विभिन्न कार्यक्रम अन्तर्गत पहिलो चरणमा विद्यार्थीहरुलाई स्टिकर वितरण तथा सचेतनामुलक पर्चा टाँस गर्ने कार्यक्रम सुरु गरिएको हो ।

उपमेयर राउतका अनुसार सार्वजानिक स्थानहरुमा होडिङ बोर्ड निर्माण गर्ने तथा अन्य कायक्रमहरु सञ्चालन गरिने छ । नगरपालिकाको १४ वटै वडामा अभियान चलाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया