उदयपुर । नेपाल काष्ठ फर्निचर व्यवसायी संघ उदयपुरमा योगराज कार्की अध्यक्षमा चयन भएको छ । शनिबार भएको प्रथम अधिवेशन तथा साधारण सभाले कार्कीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा कृष्णदेव बहरी शर्मा, उपाध्यक्षमा दुर्गा बहादुर पराजुली, महासचिवमा खड्ग बहादुर राउत रहेका छन् ।

सचिवमा सुरेन्द्र कुमार शर्मा, सहसचिवमा छोटु तामाङ र कोषाध्यक्षमा विन्द्रा राउत सर्वसम्मत चयन भएको छ ।

यस्तै सदस्यहरुमा मण्रिाज कोइराला, रेनुका कुमारी शर्मा, गोमा कटुवाल, गीता देवी ठकुरी, सरोज कार्की, कुमार सिंह तामाङ, कैलाश खत्री, ज्ञान बहादुर विक रहेका छन् ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया