उदयपुर । प्रकृति प्रेमी समाज उदयपुर र कपडा बैंक गाईघाटको संयुक्त आयोजनामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । पुस १४ गते नागरिक बहस डट कम अनलाइनमा चिसो भुइँमा परालकै भरमा विपन्न परिवार शिर्षकको समाचार प्रकाशित भएपछि प्रकृति प्रेमी समाज उदयपुर र कपडा बैंक गाईघाटंको संयुक्त आयोजनामा त्रियुगा नगरपालिका ३ ठाडीका २८ मुसहर परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।

बढ्दो सितलहरकाकारण मुसहर बस्तिका सर्वसाधरण कठ्याङ्ग्रीएर काम गर्न नसकेपछि अतिविपन्न १० परिवारलाई ब्लाङकेट, म्याट, न्यानो स्वीटर, जाकेट, सर्टहरु, जुत्ता चप्पल लगायतका सामग्री वितरण गरिएको कपडा बैंकका अध्यक्ष दिनेश कुमार श्रेष्ठले जानकारी दिए । यस्तै १८ विपन्न परिवारलाई लगाउने न्यानो कपडा, स्वीटर, ज्याकेट, सर्टहरु, जुत्ता चप्पल लगायतका सामग्री वितरण गरेको श्रेष्ठले बताए ।
२८ परिवारलाई जाडो छल्न न्यानो कपडा वितरण गरेकोले आउँदा विपन्न परिवारलाई यस किसिमको सहयोग जारी नै रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रकृति प्रेमी समाजमा आवद्ध सदस्यहरुले मासिक रुपमा केही रकम उठाएर विपन्न, गरिव तथा असहायहरुलाई सहयोग गर्दै आएको श्रेष्ठले जानकारी दिए ।

चिसो बढेका कारण मुसहर परिवार घरबाट बाहिर निस्कन नसकेको, जतिबेला पनि आगो तापेर दिन रात कटाउनु जिउमा आगो सल्किने खतरा बढेकाले सुरक्षित हुनको लागि न्यानो कपडा वितरण गरेको प्रकृति प्रेमी समाजका सदस्य भुवन राउतले बताए ।

कार्यक्रम त्रियुगा नगरपालिकाका वडाध्यक्ष अवधेशप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । वडाध्यक्ष चौधरीले वडाको तर्फबाट पनि न्यानो कपडा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । अव केहि दिनमै वडाको तर्फबाट कार्यक्रम गरेर न्यानो कपडा वितरण गर्ने बताएका थिए । वडाभित्र मुसहरको संख्या निकै रहेकाले आर्थिक रुपले विपन्न ज्याला मजदुरी गरिबसेकालाई सहयोग गरिएको वडाध्यक्ष चौधरीले बताए ।

न्यानो कपडा पाएपछि झमना सदाले अव जाडो काट्न केही सहयोग भएको बताए । उनले प्रकृति प्रेमी समाज र कपडा बैंकमा आवद्ध युवाहरुलाई धन्यवाद दिएका थिए । ठाडी नदी किनारमा सुकुमबासीका रुपमा बस्दै आएका मुसहरले वर्षामा घर डुबान र जाडो समयमा शीतलहरमा चिसोको कहर खेप्नुपरेको छ ।

तपाईको प्रतिक्रिया