उदयपुर । यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले ट्राइल प्रयोग गरेवापत लिइदै आएको शुल्क घटाएको छ । पुस ९ गते शुक्रबार नागरिक बहस डट कम अनलाइनमा “उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति, ट्राइल सेन्टरमा दुई पाँग्रेको २७० रुपैया र चार पाँग्रेको ६१० रुपैया तिर्न बाध्य” शिर्षकको समाचार प्रकाशित भएका थिए ।
यसरी समाचार प्रकाशित भएपछि सोमबार बसेको प्रदेश १ भौतिक पुर्बाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय प्रमुखहरुसंगको औपचारिक छलफलमा ट्राइल सेन्टरहरुले लिइदै आएको शुल्क घटाउन मन्त्री कार्कीले निर्देशन दिइएको थियो । निर्देशन दिएसँगै यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले गाईघाट ट्राइल सेन्टरका संचालकलाई शुल्क घटाउन निर्देशन दिइएको थियो । यातायात व्यवस्था सेवा कार्यालयले निर्देशन दिएसँगै प्रयोगात्मक परीक्षमा सवारी साधन प्रयोग वापत दिइदै आएको शुल्क घटाएको छ ।

बिहिबारबाट लागू हुने गरी दुई पाँग्रेमा ५० रुपैया र चार पाँग्रेमा ११० रुपैया शुल्क घटाएको छ । यस अघि भ्याट सहित स्कुरको २४० रुपैया शुल्क र थप १३ प्रतिशत भ्याट सहित २७१ रुपैया २० पैसा तिर्नु परेको थियो भने चार पाँग्रेको ५४० रुपैया शुल्क र थप १३ प्रतिशत भ्याट सहित ६१० रुपैया २० पैसा तिर्नु परेका थियो । अहिले दुइ पाँग्रेको भ्याट सहित २२० रुपैया ३५ पैसा र चार पाँग्रेको भ्याट सहित ५ सय तिर्नु पर्ने छ ।
यस अघि नै समाचार प्रकाशित भएकै दिन प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले जलजलेमा त्रियुगा नगरपालिकाले यातायात व्यवस्था सेवा कार्यालय उपलब्ध गराएको २ विगहा १० कट्ठ जग्गाको स्थलगत अनुगमन गरेका थिए । अनुगमन पश्चात यातायात कार्यालयको फाइल कहाँ अडकिएको छ अध्ययन गरेर अगाडी बढ्ने मन्त्री कार्कीले बताएका थिए ।

यस्तै अव केहि समयपछि ट्राइल सेन्टर बाहेकको सवारी साधनबाट पनि ट्राइल दिन पाउने भएको छ । त्यसको लागि आन्तरिक तयारी थालिएको यातायात व्यवस्था सेवा कार्यालय उदयपुरका प्रमुख सुभाष कार्कीले बताए । उनका अनुसार कर्मचारीको अभावले तत्कालै नहोला तर आन्तरिक प्रक्रिया पुरा गरेपछि ट्राइल सेन्टर बाहेकको व्यक्तिगत वा आफ्न्तको सवारी साधनबाट पनि ट्राइल दिन पाउने छन् । त्यसको लागि ब्लुबुक अनिवार्य नविकरण भएको हुनु पर्ने, इन्स्युरेन्स हुनु पर्ने हुन्छ । अहिले नै सेवाग्राहीले यो सुविधा नपाएपनि कर्मचारी व्यवस्थापन भएपछि लागू हुने प्रमुख कार्कीले बताए । उनका अनुसार ट्राइल सेन्टर बाहेकको सवारी साधनबाट ट्राइल दिँदा सवारी व्यवस्थापनमा समस्या हुने छ । त्यो पनि एउटा समस्या निम्त्याउने प्रमुख कार्कीले बताए । त्यसको लागि होमवर्क गरिरहेकोले सकेसम्म व्यक्तिगत सवारीलाई ट्राइलको लाखि खोल्ने नै हो ।

सम्बन्धित समाचार

समाचार प्रभाव : सरकारी ट्राइल सेन्टर बनाउने जग्गाको मन्त्री कार्कीद्वारा स्थलगत अनुगमन

उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति

ट्राइल सेन्टरमा दुई पाँग्रेको २७० रुपैया र चार पाँग्रेको ६१० रुपैया तिर्न बाध्य

तपाईको प्रतिक्रिया