उदयपुर । २५ वर्षको उर्जाशिल उमेर आफ्नो र बाल बच्चाको हेरचाह, परिवारको जिम्मेवारी र कमाउने जमाउने उमेरमा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर २ पाङ्गलाङ्गघारीकी एक युवती भने करिव २ वर्षदेखि फलामे साङ्गलोमा बाधिएर बस्न बाध्य छिन् ।
मानसिक सन्तुलन गुमाएकी उदयपुरगढी गाउँपालिका वडा नम्बर २ पाङ्गलाङ्गघारीकी २५ वषर््िाय महिला शुसिला परियार उपचार अभावमा बाँधिएर बस्न बाँध्य भएकी हुन् । २०७२ सालमा विवाह गरेकी परियारका दुई छोरी छन् । जेठी छोरी ६ वर्षकी छिन भने कान्छी छोरी ३ वर्ष ६ महिनाकी छिन् ।
कान्छी छोरी जन्मिएपछि श्रीमान दिनेश परियारले अर्काै विवाह गरेर हिडेपछि उनी मानसिक सन्तुलन गुमाउन पुगेकी स्थानीय अगुवा डिस्टान्स गुरागाईले बताउनु भयो । गुँरागाईका अनुसार शुसिलाका बुवाको मृत्यु भएको र आमाले अर्कौ बिवाह गरेकाले उनी अलि विक्षिप्त थिईन । श्रीमानले पनि अर्काे विवाह गरे पछि झनै विक्षिप्त भएर मानसिक सन्तुलन नै गुमाईन् ।
बुहारी जताततै हिड्ने गरेको र बुहारीको रेखदेख गर्दा आफुले काम गर्न नपाउने र घरमा चुलो नबल्ने भएको कारण बाधेर राख्नु परेको ६५ वर्षिय सासु फुलमाया परियारले दुखेसो पोख्नुभयो ।
उनले भनिन, “बुहारीका बुवा विते, आमाले अर्काे विवाह गरिन । छोरोले अर्की केटी लिएर हिड्यो । आर्थिक अभावमा बुहारीको उपचार गर्न सकेको छैन, घरमा खाने अन्न छैन, विरामी बुहारी र नावालिका नातिनीहरुको लालनपालनका लागि विहानैदेखि मेलापात र मजदुरी गरेर जेनतेत सास धानेको सासुले बताईन् । कसैले औषधि उपचार गरिदिए बुहारी निको हुने सासु परियारले बताईन् ।
मानिसले उपचार अभाव भएकै कारण बाँधिएर बस्नु दुखद भएको उदयपुरगढी गाउँपालिकाकी उपाध्यक्ष सानु कुमारी राउतले बताईन । “महिला दुई वर्षदेखि साङ्लोमा बाधिएको बारे सामाजिक संजालमा आएपछि मात्र थाहा भयो अव तत्काल बैठक बसेर के सहयोग गर्न सकिन्छ भनेर छलफल गरी तत्काल उद्दार गर्ने छौ ।”









