त्रियुगा नगरपालिकाकै वडामै छैन आधारभूत तहको विद्यालय, उदयपुर साक्षार जिल्ला घोषणा हुदैँ
सुखिलाल चौधरी, उदयपुर, नगरपालिका भनेपछि सामान्यतया आधारभूत पूर्वाधारको सुविधा हुनु पर्ने हो । भौतिक संरचना पनि हुनुपर्ने हो । तर, उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको एक वडामा आधारभूत तहको विद्यालय समेत छैन ।
यहाँका विद्यार्थीहरु आधारभूत तहको अध्ययनका लागि छिमेकी वडाहरुमा जान बाध्य छन् । त्रियुगा नगरपालिकाको १२ नम्बर वडामा एउटा पनि आधारभूत विद्यालय नहुँदा यहाँका बालबालिकाहरु आधारभूत तहको अध्ययन...





