सिद्धिचरण राजमार्गको यात्रा जोखिमपूर्ण
उदयपुर, सिद्धिचरण राजमार्ग अन्र्तगत कटारी–घुर्मी खण्डमा गरिने यात्रा दैनिक रुपमा जोखिमपूर्ण बन्दै गएको छ । जताततै भिर र जीर्ण बनेको साँघुरो सडकका कारण यात्रा जोखिम पूर्ण बन्नुका साथै सडक दुर्घटना समेत बढ्न थालेको हो ।
नेपाली सेनाले करिव १६ बर्ष अघि ८८ किलोमिटर लामो सिद्धिचरण राजमार्गको ट्रयाक निर्माण कार्य सम्पन्न गरी थप कामका लागि यो सडक सरकारलाई हस्तान्तरण गरेको थियो । हस्तान्तरणसँगै ओखलढुंगा त...










