उदयपुर, उदयपुरमा मोटर साइकल चोरीको आरोपमा बुधबार एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ९ गैहरुनबाट बा.३४ प ४३३७ नम्बरको मोटर साइकल चोरीको आरोप एक जना पक्राउ परेको हो । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ बस्ने वर्ष १९ को अमित चौधरी मोटर साइकल सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । पक्राउ पर्ने चौधरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा रहेको छ ।
यस्तै त्रियुगा नगरपालिका ६ लालपत्तामा यात्रुबाहक सवारी साधन चेक जाँचको क्रममा एक जना १०० ग्राम गाँजा सहित पक्राउ परेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका ११ बस्ने वर्ष २० को रामबाबु चौधरी रहेको छ । उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया