फाइल तस्विर

राजेन्द्र महतो, लहान / सिरहाको लहान नगरपालिकाबाट लाखौं मूल्य बराबरको अवैध काठ बरामद गरेको छ । लहान नगरपालिका १८ सोभापुरबाट स्माईल मियाको घरमा लुकाई छिपाई राखिएको सूचनाको आधारमा लाखौं मूल्य बराबरको काठ प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानले मियाको गोठमा लुकाई छिपाई राखेको सालको काठ २९ थान, मुरकुटको काठ २ थान, अस्माको काठ ९ थान, सति सालको काठ १ थान, सिसौको ६ थान गरी जम्मा ३० क्यविफुट काठ बरामद गरी जिल्ला वन कार्यालय लहानमा बुझाएको प्रहरीले जनाएको छ ।
निज स्माईल मिया फरार रहेको र खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक माधव खरेलले बताए ।

तपाईको प्रतिक्रिया