उदयपुर, उदयपुर जेसिजले ६९ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा फरक क्षमता भएका विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ । त्रियुगा नगरपालिका ६ देउरी स्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत फरक क्षमताका १३ जना विद्यार्थीहरुलाई उदयपुर जेसिजले पोसाक वितरण गरेको हो ।
उदयपुर जेसिजले एक कार्यक्रमको आयोजना गरी सुस्त मनस्थिति भएका १३ जना विद्यार्थीलाई पोसाक सहित जुस, फलफुल, चकलेट र विस्कुट वितरण गरेको हो ।
वर्ष २०१९ का अध्यक्ष जेसी सन्तोष गुप्ताको संयोजकत्वमा उक्त पोसाक तथा खानेकुरा वितरण गरिएको अनुप ढुगानाले बताए । उनका अनुसार विद्यालयका बालबालिकासँग रमाइलो खेल खेली उनीहरुलाई पढ्न तर्फ उत्साहित गराएको बताए ।
यस अघि उदयपुर जेसिजले खुल्ला व्याडमिन्टन प्रतियोगिता पनि सम्पन्न गरिसकेको छ ।

तपाईको प्रतिक्रिया