राजेन्द्र महतो, लहान । सिरहाको धनगढीमाई नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा धनगढीमाई नपा- २ धनगढीकी ३५ वर्षीया हजरा खातुनले विद्युतको नाङ्गो तार छुदा आज विहान करेन्ट लागेर मृत्यु भएको हो ।
गाउँकै अलि हुसेनले विद्युतको तारमा डाइरेक्ट हुकिङ्ग गरेर तरकारी बारीमा सिंचाई गरी त्यसै छोडेको तारमा करेन्ट लागेर मृत्यु भएको स्थानीयबासीहरु बताउँछन् । खातुनकै घरबाट हुसेनले तार लगेर हुकिङ्ग गरी तरकारी बारीमा सिञ्चाई गरेका थिए । तार माग्न जाँदा बारीमै छ लिएर आउनु भनेपछि उनी तार लिन गएका उनको करेन्ट लागेर मृत्यु भएको आफन्तले जनाएको छ ।
करेन्ट लागेर खेतमै मृत्यु भएका खातुनलाई हुसेनले नै घरमा ल्याएर राखिदिएको जनाएको छ ।
खातुनको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान लगिएको जनाएको छ । खातुनका आफन्तले तार नाङ्गो तार छोडेर करेन्ट लागेको हुँदा नाङ्गो तार छोड्ने उपर कार्वा ही र क्षतिपूर्तिको माग खातुनका आफन्तले गरेको छ ।









