उदयपुरमा मिसम्याच सम्बन्धि कर शिविर संचालन, २ करोडसम्मको मिसम्याचमा परेका छन् व्यवसायी

उदयपुरमा मिसम्याच सम्बन्धि कर शिविर संचालन, २ करोडसम्मको मिसम्याचमा परेका छन् व्यवसायी
उदयपुर । सरकारले ल्याएको कर सम्बन्धी छुटका योजना जानकारी दिने उद्देश्यले आन्तरिक राजस्व कार्यालय लहानले उदयपुरमा कर शिविर संचालन गरेको छ । जिल्ला उद्योग बाणिज्य संघ उदयपुरको आयोजना तथा कर दाता सेवा कार्यालय गाईघाटको समन्वयमा उदयपुर जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरुमा मिसम्याच सम्बन्धी कर शिविर संचालन गरेको हो । शिविरमा आर्थिक ऐन २०७८ ले प्रदान गरेका छुट सुविधा उद्योगी व्यवसायीहरुले पाउनको लाग...

गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरमा लेबल नभएको सामान बरामद, १० हजार जरिवाना

गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरमा लेबल नभएको सामान बरामद, १० हजार जरिवाना
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा संचालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरमा म्याद नै नभएको सामान बरामद गरेको छ । तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडद्वारा गत असोजमा संचालनमा ल्याइएको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरमा जिल्ला प्रशासन कार्यालय उदयपुरको अनुगमन टोलीले लेबल नै नभएको सामान बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको नेतृत्वले गरे...

त्रियुगा नगरपालिकाको रजत महोत्सव भव्य रुपमा सम्पन्न (फोटो फिचर सहित)

त्रियुगा नगरपालिकाको रजत महोत्सव भव्य रुपमा सम्पन्न (फोटो फिचर सहित)
रिङ रोडको लागि वर्ड बैंकसँग सय करोडको रिफर्ममा हस्ताक्षर उदयपुर । उदयपुरकै पुरानो नगरपालिका त्रियुगा नगरपालिकाको रजत महोत्सव आईतबार भव्य रुपमा सम्पन्न भएको छ । त्रियुगा नगरपालिका स्थापनाको २५ औँ वर्ष पुरा गरेर २६ औं वर्षमा प्रवेश गरेको अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरि महोत्सब मनाएको हो । २०५३ साल चैत्र १३ गते आर्दश गाईघाट, भुमरसुवा र देउरी गाउँ विकास समितिलाई मिलाएर त्रियुगा नगरपालिकाको घोषण...

हात्ती अड्केमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

हात्ती अड्केमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका ३ स्थित हात्ती अड्केमा बुधबार  दिउँसो अन्दाजी साढे एक बजेको समयमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । ना.६ त ९६५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक मनवानपुर हैटौडा बस्ने अन्दाजी २८ वर्षिय राजेन्द्र प्रजा घाइते भएका थिए । हात्ती अड्केमा गिटी बोकेको ट्याक्टर आफै अनियन्त्रित भई ३ सय मिटर तल खशी दुर्घटना भएको जिल्ला प्रहरी कार्याल...

गाँजा तस्करीको रुट बन्दै सप्तकोशी नदी, एक महिना भित्रै ८ सय केजी गाँजा बरामद

गाँजा तस्करीको रुट बन्दै सप्तकोशी नदी, एक महिना भित्रै ८ सय केजी गाँजा बरामद
उदयपुर । उदयपुरको बेलका नगरपालिका ८ स्थित सप्तकोशी नदीमा बाँसको चेफा मार्फत् जलमार्ग हुँदै ल्याउँदै गरेको ४ सय किलोग्राम अबैध गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । २६ दिन अघि सोही एरियाबाट चार सय केजी गाँजा सहित तीन जना पक्राउ परेको अनुसन्धान नसकिदै पुनः सोही एरियाबाट चार सय केजी लागूऔषध गाँजा पक्राउ परेको छ । सप्तकोशीमा चतरा पुल भन्दा माथि उत्तरतर्फबाट ९ वटा बोरामा प्लाष्टिकले बेरेर बाँसको चेफ...

उदयपुरमा १३ ग्राम ब्राउन सुगर सहित एक युवक पक्राउ

उदयपुरमा १३ ग्राम ब्राउन सुगर सहित एक युवक पक्राउ
उदयपुर । उदयपुरको बेलका नगरपालिका १ आम्बासीमा १३ ग्राम ब्राउन सुगर सहित एक युवक पक्राउ परेको छ । शनिबार साँझ ७ बजेको समयमा रामपुर फत्तेपुर सडक खण्ड अन्तर्गत आम्बासीमा चेकिङको क्रममा गोप्य सूचनाका आधारमा चौदण्डीगढी नगरपालिका ४ का ३१ वर्षिय भुषण राई पक्राउ परेको हो । कालो रङ्गको प्लाष्टिकमा पोको पारी लुकाई छिपाई ल्याउँदै गरेको १३ ग्राम लागू औषध ब्राउन सुगर सहित राई पक्राउ परेको प्रहरीले जानकारी दिए...

गर्भवती मृत्यु प्रकरण : मेयर चौधरीले सहयोग गर्ने भएपछि बुझे परिवारले शव, अस्पतालका सेवा सुचारु

गर्भवती मृत्यु प्रकरण : मेयर चौधरीले सहयोग गर्ने भएपछि बुझे परिवारले शव, अस्पतालका सेवा सुचारु
उदयपुर । उपचारका क्रममा शुक्रबार राति जिल्ला अस्पताल गाईघाटमा ज्यान गुमाएकी उदयपुरगढी गाउँपालिका–६ नेपालटारकी ३२ वर्षीया गर्भवती सीता राउत कार्कीको शव परिवारले जिम्मा लिएर अन्त्यष्टी गरेका छन् । स्वास्थ्यकर्मीको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै परिवारले शव उठाउन मानेका थिएनन् । मृतकका परिवारले पीडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकका दुई छोरीको स्वास्थ्य र शिक्षाको ग्यारेण्टी लिनु पर्ने, उप...

गर्भवती मृत्यु प्रकरण : ‘उचित क्षति पुर्ति नदिइकन शव उठाउन दिदैँनौ’ पीडित पक्ष

गर्भवती मृत्यु प्रकरण : ‘उचित क्षति पुर्ति नदिइकन शव उठाउन दिदैँनौ’ पीडित पक्ष
उदयपुर । जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएकी गर्भवतीका आफन्तजनले उचित क्षति पुर्ति नपाइकन शव नबुझ्ने भएका छन् । गएको विहीबार राती उदयपुरगढी गाउँपालिका ६ नेपालटारकी ३२ वर्षिय गर्भवती सीता राउत कार्कीको मृत्यु भएको थियो । पीडित पक्षको आन्दोलनका अगुवासँग जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयको टोलीले शुक्रबार दिनभर वार्ता गरेको थियो । तर, वार्ता पनि विना निस्कर्ष टुगिंएको पीडित पक्षले जनाएको छ । ...

उदयपुरमा उपचार नपाउँदा सुत्केरी गराउन ल्याएकी गर्भवती महिलाको मृत्यु

उदयपुरमा उपचार नपाउँदा सुत्केरी गराउन ल्याएकी गर्भवती महिलाको मृत्यु
उदयपुर । जिल्ला अस्पताल उदयपुरमा विहिबार राति उपचारको क्रममा एक गर्भवती महिलाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका ६ की ३२ वर्षिय गर्भवती सिता राउत कार्कीको उपचार अभावमा मृत्यु भएको हो ।गत फागुन १७ गते नै सुत्केरी गराउन जिल्ला अस्पताल गाईघाट ल्याएकी गर्भवती महिलाको उपचार नपाएरै मृत्यु भएको श्रीमान् अर्जुन कार्कीले जानकारी दिए । जिल्ला अस्पतालका डाक्टरहरुले १७ गते देखि नै नर्मल डेलीभरी हुन्छ भन्द...

आज त्रियुगा नगरपालिकामा सेवा प्रवाह स्थगित

आज त्रियुगा नगरपालिकामा सेवा प्रवाह स्थगित
उदयपुर । आज त्रियुगा नगरपालिकामा सेवा प्रवाह स्थगित हुने भएको छ । त्रियुगा नगरपालिकाको आठौं नगर सभा अधिवेशनको बैठक आज (शुक्रबार) बस्ने भएकोले सेवा प्रवाह स्थगित गरिएको सूचना जारी गरेर जनाएको छ । सूचनामा त्रियुगा नगरपालिकाको कार्यालय, मातहतका १६ वटै वडा कार्यालयहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण नियमित सेवाहरु प्रवाह नहने प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम ढकजनाएको छ । यसबाट नगरवासीमा पर्न जान...