एसईई प्रश्नपत्र आउट गर्ने दुई प्रहरी सहित ६ सार्वजनिक
सप्तरी । प्रदेश २ मा चैत १४ र १५ गते भएको एसईई परीक्षाको प्रश्नपत्र आउट प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । बिहीबार सप्तरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज न-पा-–१० का विष्णूदेव यादव, राजविराज न-पा-–१६ का शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी–१ का १७ वर्षी राजेश यादव, सोही ...













