उदयपुर । त्रियुगा नगरपालिका उदयपुुरले एलानी जग्गाको विवरण संकलन तथा अभिलेखिकरण पेश गर्ने म्याद थप गरेको सूचनामार्फत जानकारी गराएको छ । एलानी जग्गाको विवरण संकलन तथा अभिलेखिकरण पेश गर्न नगरपालिकाको कार्यसमितिको चैत्र १७ गते बसेको बैठकको निर्णयले चैत्र मसान्तसम्म म्याद थप गरिएको हो ।
नगरपालिकाभित्र विगत लामो समयदेखि वन क्षेत्र बाहेक एलानी, प्रति जग्गामा घर निर्माण तथा जग्गा जोतभोग गरी बसोबास गरिरहेका नागरिकहरुको जग्गाको विवरण संकलन तथा अभिलेखिकरणको लागि नगरपालिकाले कार्य प्रारम्भ गरेको हो । थप म्याद भित्र वा सो भन्दा पछाडी भएका निवेदन माथि कुनै कार्यवाही नहुने र विवरण पेश गर्दा गलत मनसायले गलत विवरण पेश गरेको पाईएमा कार्यविधि अनुसार कार्यवाही हुने व्यहोरा समेत नगरपालिकाले जनाएको छ ।
यसअघिको सूचनामा चैत्र २१ गतेसम्मलाई म्याद रहेपनि अव चैत्र मसान्तसम्ममा निवेदन दिनु पर्ने छ ।

तपाईको प्रतिक्रिया